-२०७२ को भूकम्पको स्मरणमा रेडक्रस अभियानका अंगहरूको संयुक्त विज्ञप्ति

२०७२ को भूकम्पको स्मरणमा रेडक्रस अभियानका अंगहरूको संयुक्त विज्ञप्ति

Hollywood Khabar April 23,2020 Comments

यी पाँच वर्षमा हामीले बर्षेनीको मौसमी विपद् र बढ्दो सडक दुर्घटना मात्र व्यहोरेनौं, सन् २०१७ को बाढी, सन् २०१९ को चक्रवात, हावाहुरी र अहिलेको कोभिड जस्ता फरक प्रकृतिका विपद्हरूलाई सामना गरिरहेछौं।

हरेक विपद्ले मानिसहरूलाई प्रभाव पार्दछ तर त्यसको असर र सम्बोधनको तरिका एकै खालको भने हुन नसक्ने प्रष्ट नै छ। यो शताव्दीको ठूलो महामारी कोभिड (ऋइख्क्ष्म् (ज्ञढ) बाट २५ लाखभन्दा बढी मानिसहरू संक्रमित हुनु परेको र एक लाख ७२ हजारभन्दा वढीले मृत्युवरण गर्नु परेको दुखद अवस्थाका साथै विश्वका धेरै मानिसहरूजस्तै नेपालीहरू पनि सुरक्षित हुन लकडाउन जस्तो कडा अनुशासन भित्र बसिरहेको परिस्थितिमा पनि त्यो भूकम्प र त्यसको त्रासदीलाई विर्सन सकिएको छैन।

अन्तर्राष्ट्रिय रेडक्रस अभियानका अंगहरू ः रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी), रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (फेडरेशन), नेपालमा कार्यरत साझेदार रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरु र नेपाल रेडक्रस सोसाइटीको तर्फबाट सन् २०७२ बैशाखको भूकम्पलगायतका विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धासुमन अर्पण गर्दछौं। विगतका प्रतिकार्यका सिकाई अनुभवहरूलाई आत्मसाथ गर्दै युद्ध, संघर्ष वा विपद्को समयमा प्रभावितहरूलाई अझ परिष्कृत हिसाबले एकताबद्ध भै स्थानीय आवश्यकतालाई सम्बोधन गर्न रेडक्रस अभियानका अंगहरू हरदम तत्पर रहेको प्रतिवद्धता दोहो¥याउन चाहन्छौं ।

२०७२ को भूकम्प लगत्तै गरिएको तत्काल राहतमार्फत् हामी ३५ लाख मानिसहरुसमक्ष पहिलो तीन महिनामा पुग्न सफल भएका थियौँ। साथै पारिवारिक सम्पर्कको पुनस्थापना र शवको मर्यादित व्यवस्थापनमा उत्तिकै सहयोग गरिएको थियो। राष्ट्रिय पुननिर्माण प्राधिकारणसँगको सम्झौता पश्चात नेपाल सरकारले तोकेका अति प्रभावित १४ जिल्लाका विभिन्न पालिकाहरुमा नेपाल रेडक्रसको अगुवाईमा आवास, स्वास्थ्य, खानेपानी, सरसफाई र स्वच्छता, जीविकोपार्जन जस्ता विषयहरु समेटिएको एकिकृत कार्यक्रम सफलतापूर्वक सञ्चालन भई समाप्त भइसकेको छ।

जसअन्तरगत ७ हजार ३ सय परिवारलाई घर निर्माणको लागि दुई अर्व ७ करोड नगद नै सहयोग गरिएको थियो र अहिलेसम्म ६ हजार ५ सय ३९ नीजि आवासहरू निर्माण भैसकेको छ, । रेडक्रसबाट ८० हजार ६ सयलाई खानेपानी सुविधा पुगेको, जीविकोपार्जनको लागि ३३ हजार ३ सय परिवारलाई नगद सहयोग भएको र एक अस्पतालसहित ४२ स्वास्थ्य चौकी निर्माणलगायत संस्थागत क्षमता विकास र पूर्वाधार निर्माणजस्ता धेरै उपलव्धि हासिल भएका छन् ।

भूकम्प प्रतिकार्यबाट सिकिएका विषयहरुलाई आत्मसाथ गर्दै त्यसपछिका हरेक विपत्तिहरुमा अझ परिस्कृत कार्य गर्दै आएको रेडक्रसले अहिले कोभिड प्रतिकार्यको लागि पनि नेपाल रेडक्रसका देशभरीका सञ्जालहरु र यसका स्वयंसेवकहरुलाई परिचालन गरेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय तथा कोभिड प्रतिकार्य र रोकथामको लागि गठित विभिन्न निकायहरुको सहकार्य र जारी निर्देशिकाहरुको आधारमा गत फागुन देखिनै नेरेसोका केन्द्र, प्रदेश, जिल्ला र उपशाखाहरु सक्रिय रहेका छन् र दुई लाख बाइस हजार बढी मानिसलाई प्रत्यक्ष सहयोग गरिएको जानकारी गराउन चाहन्छौं।

रेडक्रसले पारिवारिक सम्पर्क पुनःस्थापना र जेल तथा क्यारेन्टाइन स्थलको समेत वस्तुगत अवस्थाको मूल्याङ्कन गरि सोही अनुसार सहयोग प्रदान गर्दे आएको छ । भविष्यमा थप सहयोग गर्न रेडक्रस अभियानले नेपाल रेडक्रसको एकीकृत प्रतिकार्य योजनामा सहयोग गरिरहेको जानकारी गराउछौँ । सो मार्फत् स्वास्थ्य, सरसफाइ र स्वच्छता, मनोवैज्ञानिक सहयोग, सूचना तथा सञ्चार, लैंगिक विषयहरू भित्र रही एकिकृत गतिविधिहरु सहित स्थानीय तहमा पुगिने योजना छ । अहिले पनि, सदा झैँ हाम्रो प्राथमिकता अति संकटमा रहेका समुदाय नै हुन् ।

भुकम्प होस वा कोभिड, मानिसहरूलाई सहयोगार्थ अग्रपंक्तिमा रही अहोरात्र खटिनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक, रक्तसञ्चार र स्वास्थ्य सेवाका कर्मचारी, स्वयंसेवी रक्तदाता, सञ्चारकर्मी लगायत नेपाल रेडक्रसका प्रदेश, जिल्ला र उपशाखा क्षेत्रमा रही सेवा गर्नु हुने सबै महानुभाव र सहयोगीप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छौ ।

विपद् तथा संकट व्यवस्थापन, स्वास्थ्य प्रवर्धन, मानवीय मूल्य अभिबृद्धि, रक्तसञ्चार, एम्बुलेन्स, आँखा स्याहारजस्ता अत्यावश्यक मानवीय सेवा कार्य क्षेत्रहरूमा सहयोग गर्ने सबै तहका सरकारी निकायहरू, संयुक्त राष्ट्रसंघीय निकायहरु,, दाता, सहयोगी तथा स्थानीय बासिन्दाहरूलाई धन्यवाद दिन चाहन्छौं । संकटबाट फेरी उठ्न सञ्चालित प्रतिकार्य गतिविधिमा संलग्न हुने स्थानीय बासिन्दा, पूर्वतयारीमा सहयोग गर्ने लाभान्वित वर्गहरू र रेडक्रसमा आवद्ध सबै स्वयंसेवकहरूको साहस, समर्पणभाव र सहयोगप्रति हार्दिक सह्राना व्यक्त गर्दछौं ।

अहिलेको विश्वव्यापी संकटले भविष्यमा आउन सक्ने थप जटिलतालाई पनि हामीले नियाली रहेका छौं । नजिकिँदो मनसुन लगायतको आउनसक्ने विपद्को पूर्वतयारीमा पनि हामी एकतावद्ध भै जुटिरहेको जानकारी गराउँदै सबैपक्षबाट मानवीय सेवा सञ्चालनमा निरन्तर सहयोगको अपेक्षा पनि गर्दछौँ।

जय रेडक्रस !

(हस्ताक्षरकर्ता-हार्भे गजेऊ, अन्तर्राष्ट्रिय महासंघ (फेडरेशन) का नेपाल स्थित कार्यालयका कायम मुकायम प्रमुख, सञ्जीव थापा अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी र जेरोम इम्स्टेफ आइसीआरसी, नेपाल मिसन प्रमुख)