नेपाल रेडक्रसको वाढी प्रतिकार्य समीक्षा बैठक सम्पन्न

नेपाल रेडक्रसको वाढी प्रतिकार्य कार्यक्रमको समीक्षा बैठक सम्पन्न

Hollywood Khabar February 14,2019 Comments

हरेक विपद् आफैमा दुखद घटना हो तर त्यसको प्रतिकार्य आफैमा एउटा खुला प्रयोगशाला बन्न जान्छ, देश र सँस्थाले केही सिकिरहेको पनि हुन्छ ।

सन् २०१७ को अगष्टमा नेपालको मध्य र पूर्वी तराईमा गएको बाढी पश्चात रेडक्रसबाट सञ्चालन गरिएको अनुक्रिया flood response operation को समीक्षा वैठकको क्रममानेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले भन्नुभयो।बैठक फागुन ३ मा सम्पन्न भएको छ ।

नेपाल रेडक्रस राष्टि«य विपद तथा सँकट समितिका सभापति मनोज थापाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वाढी प्रतिकार्य कार्यक्रम सञ्चालन भएकाजिल्ला शाखाहरुका प्रतिनिधि, रेडक्रसको अन्तर्राष्टिय समिति तथा अन्तर्राष्टिय महासँघ लगायत साझेदार राष्टिय सोसाइटी र डिएफआइडीका प्रतिनिधिहरु तथानेपाल रेडक्रसको नेतृत्व र कार्यक्रम कार्यान्वयनमा सँलग्न महानुभावहरु सहभागी हुनुहुन्थ्यो।

सो बाढीबाट १ सय ४९ जनाको ज्यान गएको थियो भने १७ लाख मानिसहरु प्रभावित भएका र ६४ हजार ९ सय घर भत्केका थिए । विपद् व्यवस्थापन विभागकाउपनिर्देशक रुद्र अधिकारीले पहिलो चरणमा प्रभावित ३१ वटै जिल्लामा तत्काल उद्धार राहतमा रेडक्रसले सहयोग गरेको जानकारी गराँउदै भन्नुभयो-१३ हजार५ सय १९ परिवारलाई गैरखाद्य सामग्री सेट वितरण गरिएको थियो । त्यतिकै सँख्यामा सरसफाई सामग्री, ७ हजार ८४ परिवारलाई आपत्कालीन आवास, ८ हजार६ सय परिवारलाई खाद्यान्न र ३३ सय परिवारलाई झुल वितरण गरिएको थियो ।

दोस्रो चरणको सहयोग अन्तरर्गत सुनसरी, सप्तरी, सिरहा, उदयपुर, महोत्तरी, रौतहट, बर्दिया र झापामा २ वर्षे सहयोग कार्यक्रम सञ्चालन गरिएको र तीकार्यक्रमहरु प्रभावकारी रहेको सूचकहरुले देखाएको आइएफआरसीका नेपाल कार्यालय प्रमुख जुजा किमले बताउनु भयो ।

flood response operation अन्तरर्गत १६४० परिवारलाई जीविकोपार्जनको लागि नगद सहयोग गरिएको, ५० परिवारलाई घरको लागि जस्तापाता सहयोगकासाथै सुरक्षित घर बनाउन ५ हजार परिवारलाई तालिम दिइएको थियो । त्यस्तै, समुदायमा आधारित स्वास्थ्य सहयोग ४२ हजार ९ सय ७८ जनालाई गरिएको र११ हजार ७ सय ६८ परिवारलाई झुल वितरण लगायतको सहयोग गरिएको थियो । १२ सय ५६ परिवारको घरमा चर्पी निमाएण गरियो भने ५५ वटा सुधारिएकोट्यूववेल जडान गरिएको सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

नेरेसोका महामन्त्रि देवरत्न धाख्वाले पहाडी र हिमाली जिल्लाहरुमा गएको भूकम्प र तराईमा गएको वाढीको समयमा काम गर्दा सँस्थाले धेरै अनुभव हासिलगरेको र सिकाईलाई सँस्थागत गर्दै निर्णय प्रकृया, व्यवस्थापन, समन्वय जस्ता विषयमा थप सुधार गरिदै जाने बताउनुभयो ।

कार्यक्रममा सोसाइटीका अध्यक्ष सञ्जीव थापाले बताउनुभयोे-नेपाल रेडक्रसले भूकम्प प्रतिकार्यबाट सिकेको अनुभव समेतबाट सिकेर तत्काल बाढीग्रस्तप्रभावित क्षेत्रमा गई स्थानीय परिवेशमा समयमै सहयोग गर्न सफल भएका थियौँ ।