-नागरिकता संशोधन बिधेयक प्रतिनिधिसभामा, काँग्रेस र मधेस केन्द्रीत दल पनि राष्ट्रियघाती

नागरिकता संशोधन बिधेयक प्रतिनिधिसभामा, काँग्रेस र मधेस केन्द्रीत दल पनि राष्ट्रियघाती

Hollywood Khabar June 22,2020 Comments

हलिउडखबर/अमेरिका/६/३२/२०

नेपाल नागरिकता संबन्धि पहिलो संशोधन ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिले तयार पारेको यो विधेयकमा गैरआवासीय नेपाली नागरिकता र अंगिकृत नागरिकता प्रदान संबन्धि ऐनको ब्यवस्था छन्। प्रस्वावमा गैरआवासीय नेपाली नागरिकतामा एक पक्ष राम्रो र एक पक्ष नराम्रो छ। तर अंगिकृत नागरिकताको सवालमा भने नेपाल धरापमा पुग्ने देखिएको छ।

उसो त यो बिधेयक प्रतिनिधिसभामा २०७५ साल भदौ ४ गते नै पेस भयको हो। तर हाल आएर भने समितिले विधेयकलाई बहुमतका आधारमा पास गरेर संसदमा पेस गरेको छ। यसका मुख्य गरि अंगिकृत नागरिकता बिबाहको ७ बर्ष पछि मात्र दिन मिल्ने भन्ने प्रस्तावमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको चर्को बिरोध रहन गयो। यो अर्थमा निधि राष्ट्रियताका सवालमा संकास्पद रहेछन त्यो कुरा छर्लङ भएको छ। यदि यो बिधेयक प्रतिनिधिसभाबाट यस्तै रुपमा पास भयो भने बिबाह भएको लगत्यै नागरिका पाउने प्रस्ताले गर्दा नेपाली राष्ट्रियतामा खतरामा जान सक्छ। धेरै सरिता गिरि सभासद र मन्त्री हुन सक्छन कालान्तरमा कुनै प्रान्त कानुनि रुपमा भारततिर मिसिन्छ।

संसोधनका लागि प्रेस गरिएको बिधेयकमा १४ वटा दफा रहेको सो विधेयकमा २३ वटा दर्ता समूहका ५४ जना सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए। २०७५ अशोज १९ गते देखि २०७७ असार ७ गतेसम्म समितिले ३४ वटा बैठकमा नागरिकता विधेयकका बारेमा छलफल गरेको पनि बताइएको छ। नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्ष पछि वैवाहिक अंगीकृत नागरिकता पाउने प्रावधान राखेको थियो। तर नेपाली काँग्रेस सहित मधेस केन्द्रीत या भारत समर्थक राजनीतिक दलहरूले सो को विरोध गरे। नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि यसका सबैभन्दा ज्वालंत उदाहरण हुन्। हलको अध्यावधिक ब्यबस्था अनुसार विधेयक प्रतिनिधिसभामा छलफल र पारित भएपछि राष्ट्रिय हुनेछ र अन्तमा प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइनेछ।

बिधेयक पेस गर्ने क्रममा समितिकी सभापति शशि श्रेष्ठले नागरिकताको विषय राजनीतिक र संवेदनशील विषय भएकाले नेपाली नागरिकले नागरिकता प्राप्तिबाट बञ्चित हुन नपरोस् र गैर नेपालीले नेपाली नागरिकता प्राप्त गर्न नसकोस् भन्नेमा समिति सचेत रहेर विज्ञहरूसँग छलफल पनि गरेको बताएकी थिइन। तर प्रतिनिधिसभामा सो प्रस्तावित विधेयक सोहि रुपमा पास होला त्यो भने संभव छैन। यसबीच भारतीय शक्तिको चलखेल सुरु हुनेछ। नेपाली राजनैतिक दलका नाममा भारतको हाजिरी खानेहरुको चरित्र उदाङ्गो हुने बेला पनि आएको छ। यसमा सत्ताधारी पार्टी नेपाल कम्यूनिष्ट पार्टी र विपक्षी पार्टी नेपाली काँग्रेस नेता पनि राष्ट्रवादी र राष्ट्रघाती बनेर मतमा विभाजित भएका छन।