-नेपाल प्रहरी

नेपाल प्रहरीले प्राविधिक पदमा भर्ना खोल्यो

Hollywood Khabar January 13,2020 Comments

१ माघ,काठमाडौं।नेपाल प्रहरीले प्राविधिक प्रहरी जवानमा १०७२ जनशक्ति माग गरेको छ।प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, भर्ना छनोट महाशाखाले बुधबार एक सूचना प्रकाशित गरी माघ ५ गतेदेखि फागुन ११ गतेसम्म दरखास्त बुझाउने गरि  प्राविधिक समूहअन्तर्गत रिक्त विभिन्न उपसमूहमा प्राविधिक प्रहरी जवान माग गरेको हो ।प्रहरी प्रधान कार्यालयले दरखास्त ७७ वटै जिल्ला प्रहरी कार्यालयसँगै सातै प्रदेशका प्रहरी तालिम केन्द्र र उपत्यकाका ३ वटै परिसरबाट दिन सकिने जनाएको छ ।