नेपाल डे परेडमा तामाङ्ग समाज उत्तर अमेरिकाको लोगो र ब्यानर दुरुपयोग

Hollywood Khabar May 20,2018 Comments

कृष्ण के सी/अमेरिका
मे २०, २०१८ मा न्यूयोर्कमा आयोजित नेपालीहरुको लागि राम्रो तर विवाद र घृणित खेलले मुछिएको नेपाल डे परेड २०१८ मा आफ्नो संस्थाको लोगो सहित ब्यानर दुरुपयोग भएको भन्दै तामाङ्ग समाज उत्तर अमेरिकाले एक प्रेस बिज्ञप्ति मार्फत ध्यानाकार्षण गराएको कुरा हलिउडखबरलाइ प्राप्त भएको छ।

समाजले पहिला नै सो परेड विवादित र सही बाटोमा नगएकोले व्यक्तिगत रुपमा जो कोहि सहभागि भएता पनि तामाङ्ग समाज उत्तर अमेरिका सँस्थागत रुपमा सहभागि नहुने कुरा जानकारी गराएको थियो। तर सो परेडमा कोहि पनि आधिकारिक व्यक्ति, सँस्था र निर्यण बिना नै आफ्नो सँस्थाको लोगो सहित ब्यानर लिएर परेडमा सहभागि भएको प्रति घोर आपत्ति रहेको कुरा प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

स्मरणीय कुरा सो परेड पहिलो र सुरुवात देखि नै विवादित र आर्थिक रुपमा अपारदर्शी रहेको आरोप रहेको छ।