-ललितपुरको जावलाखेलमा मंगलबारबाट यो प्रविधिको सुरु

ललितपुर महानगरमा मोवाइलबाटै सडक बत्तीको कन्ट्रोल गर्ने नेपालमै पहिलो प्रविधि

Hollywood Khabar April 01,2019 Comments

ललितपुर/१९ चैत

ललितपुरमा मोवाइलबाटै ट्रफिक लाइटको कन्टोल गर्ने कार्यको शुभारम्भ भएको छ। ललितपुरको जावलाखेलमा मंगलबारबाट यो प्रविधिको सुरु भएको भएको हो। यो प्रविधि नेपालमै पहिलो हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ट्राफिक प्रहरीलाई मोवाइल सेट प्रदान गरेर यो कार्यको शुभारम्भ गरेका हुन् । सवारी चाप अनुसार ट्राफिक व्यवस्थापनका लागि मोवाइलबाटै सडक बत्तीको कन्ट्रोल गर्न सकिनेछ । यसका लागि ट्राफिकलाई प्रदान गरिएको उक्त सेटमा सडक बत्ती कन्ट्रोल गर्ने मोवाइल एप्स राखिएको छ । एप्स जडित मोवाइलबाट मेयर महर्जनले अल्का अस्पताल अगाडी सडकमा केही मिनेट सडक बत्तीको कन्ट्रोल गर्ने प्रविधिको प्रयोग गरेर समेत अवलोकन गरे । त्यस लगातै मेयर महर्जनले त्यहाँ रहेका ट्राफिक कुन्दन कुमार शाहलाई उक्त सेट हस्तान्तरण गरे ।

सडकमा हुने सावारी साधानको चाप अनुसार ट्राफिक प्रहरीले सडक बत्तीको कन्ट्रोल मोवाइलबाटै गर्न सक्नेछन् । सवारीको चाप हेरेर ट्राफिक प्रहरीले अटोमेटिक र म्यनुअल दुबै तरिकाबाट सडक बत्तीहरुको कन्ट्रोल गर्न सकिनेछ । सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीसंग यो एप्स जडित मोवइल रहनेछ।

ललितपुर महानगरपालिकाले पावरटेक नेपाल र भुस्पर्श कन्ट्रक्सन प्रा.लि.संगको समन्वयमा यो प्रविधिको सुरुवात गरेको हो । अल्का अस्पताल चोकमा सुरु भएको यो प्रविधि अहिले परिक्षण मात्रै भएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले वताए।

यसअघि ललितपुर महानगरपालिकाले ६ जना ट्राफिक प्रहरीलाई यो प्रविधि सम्बन्धि तालिम समेत प्रदान गरिसकेको छ। यो प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनमा धेरै सहजता ल्याउने वताउँछन् मेयर महर्जन। महर्जनले भने, ‘यो अहिले परिक्षणका लागि मात्रै हो। यसको सफलता हेरेर ललितपुर महानगरका अन्य १८÷२० स्थानहरुमा समेत व्यवस्थापन गछौं। महानगरलाई स्मार्ट सिटी बनाउने प्रयास मध्ये यो एउटा सानो प्रयास भएको वताउँछन् मेयर महर्जन । उनले भने ‘स्मार्ट सिटीको विभिन्न कम्पोनेन्ट मध्येको यो प्रविधि पनि एउटा हो।

अल्का अस्पताल अगाडीको चोकमा अहिले यो प्रविधि सुचारु छ। उग्रचण्डी मन्दिरपट्टिबाट आउने सडकमा ट्राफिकको सेन्सर समेत विछ्याइएको छ।त्यो सेन्टरमा गाडीको चक्का पर्नासाथ बत्ती बल्छ। सोही अनुसार ट्राफिकले मोवाइलबाटै व्यवस्थापन गर्नेछन् ।