Nepal Idol USA Tour 2019

नेपाल आइडल अमेरिका आउने-मे ४ मा सान फ्रान्सिस्को

Hollywood Khabar February 01,2019 Comments

विजय थापा/डीसी

नेपाल आइडल सिजन २ का अन्तिम सर्वोच्च ३ प्रतियोगीहरु अमेरिका आउने भएका छन् ।

नेपाल आइडल सिजन २ का बिजेता रबि ओड, प्रथम बिजेता बिक्रम बराल तथा द्वितीय बिजेता सुमित पाठक आउने भएका छन्। तीनै जना आगामी अप्रिल/मे महिनामा कार्यक्रमको लागी आउने छन् ।

उक्त नेपाल आईडल सिजन २ का अमेरिकाको लागि केटिएम इन्टरटेन्टमेन्टले गर्ने छ।आयोजक केटिएम इन्टरटेन्टमेन्टका अनुसार उनीहरुले अमेरिकाका विभिन्न राज्यहरुका विभिन्न शहरहरुमा कार्यक्रम प्रस्तुत गर्ने छन्। कार्यकमको सुरुवात बोस्टन शहरबाट सुरु हुने छन् भने बोस्टनको वनडरल्याण्ड बलरुममा अप्रिल १२ तारिख शुक्रबारका दिन कार्यक्रम हुने छ।

बोस्टनबाट अप्रिल १२ आ सुरु भएको कार्यक्रम मे १२ तारिखका दिन सेन्ट लुइसमा सम्पन्न हुनेछ। आयोजकका अनुसार अप्रिल १२ बोस्टन, अप्रिल १३ न्यू योर्क, अप्रिल ९ बाल्टिमोर, अप्रिल २० वाशिंगटन र अप्रिल २७ तारिख मिनेसोटा, अप्रिल २८ ड्यालस, मे ३ अस्टिन, मे ४ सान फ्रान्सिस्को, मे १ लस एन्जेलस तथा अन्तिम मे १२ मा सेन्ट लुइसमा हुनेछ ।

आयोजकका अनुसार सन् २०१९ को सबै भन्दा बृहत कार्यकम हुनेछ भने नेपाल आइडलका प्रशंसकहरु कार्यकम हेर्न प्रतिक्षारत रहने छन्। उनीहरुले आफ्नो मौलिक,साँस्कृतिक तथा स्वाभाविक गीतहरु प्रस्तुत गर्ने छन् ।

न्यू योर्कमा नेपाली नयाँ बर्ष को दिन कार्यकम प्रस्तुत हुने छ भने कार्यक्रम मेलरोज बलरुम एस्टोरिया न्यू योर्कमा हुने छ। केटिएम इन्टरटेन्टमेन्टका संस्थापक राकेश गुरुङ नेपाल आइडल सिजन २ अहिले सम्म कै सर्वाधिक रुपमा बिश्व ब्यापीरुपमा बिधुतिय प्रणाली सहित हेरिएको बताउदछन। नेपाल आइडलकि कार्यक्रम प्रस्तोता रिमा विश्वकर्माले कार्यक्रम संचालन गर्ने छिन्।