नेपाल हिन्दु राष्ट्र बन्न तयार हुनेछ:उत्तर प्रदेश भारतका मुख्यमन्त्री आदित्यनाथ

0
shares

by Soni Sharma | Updated: 23 Jun 2019

72 views
उत्तर प्रदेश भारतका मुख्यमन्त्री आदित्यनाथ-तस्बिर वेब

८ असार काठमाडौं ।भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन्।लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भवन)मा नेपाली पत्रकारहरुको टोलीसँग उनले भने,‘हरेक देशको पहिचान हुन्छ। विश्वका हिन्दुहरुले नेपाललाई हिन्दु राष्ट्रका रुपमा चिन्छन्।दुनियाँको भावना समेट्न नेपाल तयार हुनेछ।’

नेपाल हिन्दु राष्ट्र हुँदा विश्वभरको हिन्दुको नेपालसँग भावनात्मक सम्बन्ध हुने र तीन करोड जनसंख्या भएको नेपालले विश्वका सय करोड हिन्दुको तागत प्रयोग गर्न सक्ने मुख्यमन्त्री आदित्यनाथको भनाइ छ।योगीले हिन्दु राष्ट्रमार्फत नेपालले धार्मिक पर्यटनलाई विस्तार गर्न सक्नेमा जोड दिए।