साङ्केतिक तस्बिर:साभार वेब

नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

Hollywood Khabar May 20,2020 Comments

८ जेष्ठ, काठमाण्डौ | नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरीएको परिक्षणमा थप १७ जनामा कोरोना पुष्टी भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाको कचनकवल गाउँपालिका- ३,६,८ का १८, १८, १९, १९, २२, २३, २५, २६, २६, २८, ३०, ३२,  ३७ र ४६ वर्षका पुरूष रहेका छन् । त्यस्तैगरि, धनकुटाका ३४ वर्षीय पुरूष, सुनसरीको धरान उपमहानगरपालिका निवासी  ५१ वर्षीया महिला रहेका छन् ।