-बाणिज्यदुत शेर्पाको आयोजनामा बिजनेश सम्मेलन हुँदै

बाणिज्यदुत शेर्पाको आयोजनामा बिजनेश सम्मेलन हुँदै, महामहिम डा कार्की प्रमुख अतिथि, गभर्नर बिशेष अतिथि

Hollywood Khabar June 16,2019 Comments

कृष्ण के सी/अमेरिका/६/१७/१९

नेपाल र उत्तर अमेरिकामा रहेका नेपाली र यस क्षेत्रका ब्यबसायीहरुको लागि बिजनेश कोलाबरेशन नामको बिजनेश साम्मेलनको आयोजना गरिएको छ।

स्टेट अफ वाशिङटन, सियाटलका लागि नेपाल सरकारका बाणिज्यदुत एसी शेर्पाको आयोजनामा आगामी जुलाई २६, २०१९ मा बिजनेश सम्मेलनको आयोजना गरिएको हो। आयोजक शेर्पाले आज हलिउडखबरसँग कुरा गर्दै सो कार्यक्रमबारे जानकारी दिएका हुन्। १५० जनाको मात्र सिट रहने उक्त सम्मेलनका लागि जुन १७ सम्म ७५ भन्दा धेरैजनाले सिट बुक गरिसकेको कुरा बाणिज्यदुत शेर्पाले जानकारी दिए। नेपाली र अमेरिकी ब्यबसायीहरुको लागि यो सम्मेनन अत्यन्तै महत्वपूर्ण हुने विश्वास बाणिज्यदुत शेर्पाको रहेको छ।

अमेरिकाका लागि नेपालका महामहिम राजदुत डा अर्जुन कार्की प्रमुख अतिथि रहने कार्यक्रममा स्टेट अफ वासिंगटनका गभर्नर Jay Inslee, गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, रेडमण्ड सिटीका मेयर John Marchoine, बेथेल सिटीका मेयर Andy Rheaume, वासिङटन एशोसियाशनकी कन्सुलर Treasa Indelak Davis, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ, ब्यबसायी श्याम तामाङ लगायत थुप्रै ब्यबसायी, कुटनैतिक र अन्य क्षेत्रका व्यक्तहरुको समेत उपस्थ्ति हुनेछन।

एकदिने सो बिजनेश सम्मेलन यस क्षेत्रको पहिलो मात्र होइन अत्यन्तै महत्वपूर्ण समेत हुने भएको छ। खासगरी नेपालका लागि राष्ट्रपति ओबामाको प्रशानकालमा प्रदान गरिएको ७७ थरी सामानहरुलाई दिइएको भन्सार छुट, त्यसबाट के कस्तो अवस्था सृजना गरेको छ, अब यस क्षेत्रका ब्यबसायी र नेपालका ब्यबसायीहरुले यसबाट कस्तो फाइदा लिन सक्छन भन्न हुनेछन। नेपाल टुरिजम बोर्डका प्रतिनिधिहरुले पनि सो सम्मेलनमा प्रस्तुति गर्नेछन। यसका साथै नेपालमा लगानी, अमेरिकामा लगानी जस्ता बिषय र त्यसको बजार अमेरिकामा कस्तो छ भन्ने जस्ता कुरा प्रस्तुति र छलफल हुनेछन।