तस्बिर वेब

नेपालले बनायो आफ्नै भू-उपग्रह

Hollywood Khabar February 14,2019 Comments

४ फागुन काठमाडौं।नेपालको पहिलो भूउपग्रह तयार भएको छ।जापानस्थित क्यूसु इन्स्टिच्युट आफ टेक्नोलोजी (क्यूटेक) विश्वविद्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘नेपाली स्याट १’ नाम दिइएको भू उपग्रह निर्माण सम्पन्न भएको जानकारी दिएको हो ।

जापानमा रहेका नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति सुनीलबाबु श्रेष्ठलाई भू उपग्रह तयार भएको जनाएका छन्।‘आज क्यूटेक र वडर्स प्राजेक्टका पदाधिकारीको उपस्थितिमा उपग्रह निर्माण कार्य सम्पन्न भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । यो दिन हाम्रा लागि ऐतिहासिक दिन हो।’शुक्रबार नै क्युटेकका अध्यक्ष यूजी ओईएले उपकुलपति श्रेष्ठलाई भू उपग्रहको प्रतिमा हस्तान्तरण गर्दै नेपाललाई बधाई दिए ।