सेनाको औपचारिक सूचना बाहेक सञ्चार माध्यममा आएका कुरामा ध्यानाकर्षण

0
shares

by KRISHNA KC | Updated: 21 Mar 2019

88 views
Nepali Army Official Seal

प्रेस विज्ञप्ति नं:-११०
मिति:- २०७५ चैत्र ०७ गते
समय:- १४३५ बजे
जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा, काठमाडौं, नेपाल

विगत केही दिनदेखि आधिकारीक श्रोतले दिएको औपचारिक सूचना बाहेक पनि विभिन्न सैनिक श्रोतको हवला दिँदै केही सञ्चार माध्यमहरुले नेपाली सेना सम्बन्धी गरेका विभिन्न भ्रामक र कपोलकल्पित टिकाटिप्पणीहरु प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।

नेपाली सेना नेपालको संविधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकोले नेपाली सेना आफ्नो जिम्मेवारी प्रति सजग छ। सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेको समेत स्मरण गराउँदछौँ।

वर्तमान अवस्थामा नेपाली सेना आफ्नो पूर्व निर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यहरुमा केन्द्रित भएको हुँदा यस्ता समाचारहरुबाट भ्रममा नपर्न नेपाली सेना आग्रह गर्दछ ।