प्रधानसेनापति थापाद्वारा नेपाली सेना सम्बन्धी बृहद प्रदर्शनी २०७५ को समुद्घाटन

प्रधानसेनापति थापाद्वारा नेपाली सेना सम्बन्धी बृहद प्रदर्शनी २०७५ को समुद्घाटन

Hollywood Khabar February 26,2019 Comments

नेपाली सेना सम्बन्धी वृहत् प्रदर्शनी २०७५ को २०७५ फाल्गुन १५ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले एक विशेष समारोहकाबीच समुद्घाटन गर्नु भएको छ ।

महाशिवरात्री तथा सेना दिवस २०७५ को उपलक्ष्यमा नेपाली सेनाले जंगी अड्डा परिसरमा आयोजना गरेको नेपाली सेना इतिहासदेखि वर्तमानसम्म भन्ने थिममा आधारित नेपाली सेना सम्बन्धी वृहत् प्रदर्शनी २०७५ को प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले एक विशेष समारोहकाबीच समुद्घाटन गर्नु हो।

प्रदर्शनी मिति २०७५ फाल्गुन १५ गतेदेखि १८ गतेसम्म चार दिन १०:०० बजेदेखि १७:०० बजेसम्म सञ्चालन हुने उक्त वृहत् प्रदर्शनीमा सैनिक व्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विषेश फौज, खेलकुद, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण, शान्ति सेना, नेपाली सेनाको एतिहासिक हतियार, उपकरण, पोशाकलगायत विविध फोटोहरु समेत प्रदर्शन गरिएको छ ।

उक्त प्रदर्शनी सर्वसाधारणहरुको लागि समेत खुल्ला गरिएको र प्रवेश निःशुल्क रहेको छ । उक्त समुद्घाटन समारोहमा काठमाण्डौँ महानगरपालिकाका मेयर, नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, राष्ट्रिय अनुसन्धान प्रमुख, नेपाली सेनाका रथीबृन्द, विभिन्न राजदूतावासका सैनिक सहचारीहरु, प्राध्यापकहरु, नेपाली सेनाका अधिकृतहरु, नेपाल आर्ट काउन्सिलका प्रतिनिधीहरु र पत्रकार तथा फोटोग्राफरहरुको उपस्थिति रहेको थियो।

यस किसिमको प्रदर्शनीले नागरिक–सैनिक सम्बन्ध सुदृढ एवं प्रगाढ बनाउन मद्धत पुग्नुको साथै उक्त प्रदर्शनी सर्वसाधारण व्यक्तिको लागि रोचक र ज्ञानवर्धक हुने विश्वास नेपाली सेनाले लिएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।