Nepal Army Official Seal/LOGO

लिबियाको विकसित परिस्थिति सम्बन्धमा नेपाली सेनाको ध्यानाकर्षण

Hollywood Khabar April 11,2019 Comments

नेपाली सेनाले २०७५ चैत्र २५ गते लिबियाको विकसित परिस्थिति सम्बन्धमा एक प्रेस विज्ञप्ति जारि गरेको थियो।

सो बिषयलाई लिएर केही आमसञ्चार माध्यमले यथार्थलाई नजर अन्दाज गर्दै नेपाली सेनाको हवाला दिएर अफ्रिकी राष्ट्र लिवियामा तैनाथ नेपाली शान्ति सैनिक त्यहाँबाट हट्न लागेको भनि भ्रामक समाचार संप्रेषण गरेको प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाद्धारा जारि गरिएको विज्ञप्तिमा भनिएको छ- हाल United Nations Support Mission in Libya (UNSMIL) मिशनको मिशन हेड क्वाटरको सुरक्षाको जिम्मेवारी त्यहाँ कार्यरत नेपाली शान्ति सैनिकको रहेको छ ।

अन्तर्राष्ट्रिय समुदायको नेपाली शान्ति सैनिक प्रतिको आस्था र विश्वासलाई अटल राख्न नेपाली सेना प्रतिबद्ध रहेको छ । तसर्थ, मिशन हेड क्वाटर लिबियामा नै रहेको अवस्थामा नेपाली शान्ति सैनिक लिबियाबाट फिर्ता हुन लागेको भनि संप्रेषित आधारहिन समाचारबाट दिग्भ्रमित नहुन नेपाली सेना अनुरोध गर्दछ ।