-बिचलित र पहिचान गुमाउँदै कांग्रेस, नागरिकले के हुन्छ भनेर कांगेसलाइ भोट दिने?

बिचलित र पहिचान गुमाउँदै कांग्रेस, नागरिकले के हुन्छ भनेर कांगेसलाइ भोट दिने?

Hollywood Khabar January 11,2021 Comments

कृष्ण के सी, १/१२/२१

नेपाली कांग्रेस पार्टी यति बेला राजनीतिबाट बिचलित भएको छ। सिंहाशनको पहिचान गुमाएर टुटे-फुटेको नेपाल कम्युनिष्ट पार्टीको बुइ चड्न खोज्दै छ। पार्टी केन्द्रले एउटा ठोस राजनैतिक निर्णय लिएर नगएका कारण नेता नै पिच्छे फरक आएका छन्।

१. सभापति शेर बहादुर देउबाको मत एउटा, बरिष्ठ नेता रामचन्द्र पौडेलको मत अर्को, महामन्त्री डा शशांक कोइरालाको मत अर्को, महामन्त्री पूर्ण बहादुर खड्काको मत अर्को, हरेक नेता नै पिच्छे विचार फरक, मत फरक छन्। सबैले मेरो बिचारमा भन्छन तर पार्टीको बिचार के कसैसंग जवाफ छैन। पार्टीले ठोस निर्णय नगरेका कारण प्रवक्ता विश्व प्रकाश शर्माले पार्टीको धारणा नै दिएका छैनन्।

२. नेपाल कम्युनिष्ट पार्टी फुट्नु पूर्वका एक केन्द्रिय सदस्यले यो लेख्दै गर्ने व्यक्तिसंग भनेका थिए, केपी ओली नेपाली कांग्रेसको पनि सभापति हुँदै हुनुहुन्छ। सुन्दा अचम्म लाग्ने तर एकछिन राजनैतिक धार बिर्सेर उनीहरुको पछिल्लो गतिबिधि र ब्यबहार हेर्दा त्यो कुरा सहि नै हो जस्तो मान्न कर लाग्छ।

३. नेपाली कांग्रेस एकातिर प्रधानमन्त्री केपी ओलीको संसद बिघटनको बिरोधमा प्रदर्शन गर्दैछ। अर्को तिर पार्टी सभापतिले संसद पुनर्स्थापन या बिघटनमा जे निर्णय आउने भएपनि मान्ने भन्दैछ। अदालतको निर्णय माने कुरा सबैलाई थाहा छ। कांग्रेसको आन्दोलनले अदालतले बिचार फेर्दैन। अनि यो आन्दोलन चाहिँ किन गर्नु परेको ? यो बिचलित अवस्था भनेको पार्टी नेतृत्वले ठोस निर्णय गर्न नसक्नुको कारण हो। अझै ठाडो भाषामा भन्नुपर्न्दा कुनी कसको के खस्ला र खाउँला भनेको जस्तै हो।

४. नेपाली कांग्रेसले यतिबेला आन्दोलन होइन जे निर्णय आएपनि मान्छौं, निर्वाचन भएपनि जान्छौं भनेर जानुपर्ने कुरा कांग्रेस पार्टीका कार्यकर्ताको बिचार छ।

५. पार्टीले आफ्नो कांग्रेस पार्टी भित्रको गतिबिधि, सदस्यता बितरण, स्थानीय रुपमा पार्टी तहका अधिवेशन र आगामी केन्द्रिय माहाधिवेशनलाइ लक्षित गरेर काम गर्नु पर्ने हो। त्यतातिर ध्यान गएको छैन, ठप्प जस्तै छ। कुनै बहानामा पुन: केहि समय महाधिवेशन म्याद थप गर्ने पक्षमा छ, देउबा नेतृत्व।

६. पार्टी केन्द्रले मातहतको तहलाई यदि निर्वाचन हुने भयो भने जुन सुकै तहमा पनि नेपाली कांग्रेस एक्लै कोहि पनि अन्य दलसँग सहकार्य नगरी जित्ने हैसियतमा जान निर्देशन गर्नुपर्ने हो। तर त्यसो भएको देखिएको छैन। केपी ओलीले नेपाली कांग्रेस चलाएको जस्तो ओलीका पक्ष र विपक्षमा नेपाली कांगेस लाग्नुको अर्थ के हो ?

७. नेकपा फुटोस कि जुटोस त्यसले कांग्रेसमा कुनै असर नपर्नु पर्ने हो। त्यो त नेपाली कांग्रेस पार्टीको छलफलको बिषय नै नहुनु पर्ने हो। तर केपी ओलीको हरेक बोली, हरेक निर्णय मात्र होइन उनका एउटा भाषणले पनि सिंगो नेपाली कांग्रेस बिचलित हुने, जवाफ दिनुपर्ने मात्र होइन चल्नु परेको देखिएको छ। यो अवस्था भनेको राजनैतिक निर्णय गर्न नसक्नुको पछिको अवस्था हो।

८. नेपाली कांग्रेसको आगामी उधेश्य, नीति, गतिबिधि के के भन्ने कुरा कतै उल्लेख र प्रष्ट नै छैन। त्यसैले पार्टीका नेता पिच्छे विचार आएका छन्। निश्चित पनि एउटा प्रजातान्त्रिक पार्टीमा विचारको स्वतन्त्रता हुन्छ। तर पार्टीले एउटा ठोस नीति बनाउँछ, त्यो कुरा अभाव छ कांग्रेसमा।

९. यदि नेपाली कांग्रेस सरकारमा पुगे नेपाल कस्तो हुने, राज्य संचालन बिधि, लोकतन्त्र, नागरिकहरुको सामाजिक र आर्थिक जीवन कस्तो हुने, देशको अर्थतन्त्र, परराष्ट्र संबन्ध, उद्योग, ब्यबसाय, समाज बिकास लगायत कुनै पनि कुरामा कांग्रेसको ठोस नीति नै छैन। नीतिलाइ पार्टीले आफ्नो पहिचान बनाउनुपर्छ। देउबापुगे होइन नेपाली कांग्रेसको जो कोहि पनि नेता सरकारमा पुगे यो हुन्छ, मेरो हैसियत यो हुन्छ भनेर कांग्रेसीले मात्र होइन हरेक नागरिकले बताउन सक्ने हुनुपर्छ। त्यो हो पार्टीको पहिचान र लोकतान्त्रिक पार्टी।

१०. लडाइ देउबा र पौडेल को आउने भन्ने होइन। कांग्रेस आउने कि नआउने भन्ने हुनुपर्ने हो। अब नेपाली नागरिकले कांग्रेसलाइ भोटे दिए के हुन्छ भनेर बिश्वास गर्ने ? त्यसको जवाफ नै कांग्रेसको यतिबेला आफ्नो पहिचानको बिषय हो भन्ने मेरो बुझाई छ।

कृष्णार्पण !