तस्बिर वेब

२५ हजार डलर पाएसंगै नेपालले बंगबन्धु गोल्डकप खेल्ने 

Hollywood Khabar September 22,2018 Comments

८ असोज,काठमाडौं ।अखिल नेपाल फुटबल संघ एन्फाले बंगबन्धु गोल्डकप खेल्ने  भएको छ।दुई वर्षअघि बंगबन्धु गोल्डकपको च्याम्पियन बनपछि आधा मात्र रकम पाएको नेपालले पूरै रकम नपाएसम्म प्रतियोगितामा सहभागीता नजनाउने निर्णय गरेको थियो।नेपालले आफुले पाउनु पर्ने रकम २५ हजार डलर पाएपछि बंगबन्धु गोल्डकप खेल्ने  भएको हो।बंगलादेश फुटबल फेडेरेशन बिएफएफले पुरस्कार वापत नेपालले प्राप्त गर्नुपर्ने २५ हजार अमेरिकी डलर एन्फाको खातामा जम्मा गरिदिएपछि नेपालले अक्टोवर १ तारिखबाट शुरु हुने बंगबन्धु गोल्डकप खेल्ने निश्चित भएको हो।च्याम्पियन नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन रहेको छ।नेपालले पहिलो खेल ताजकिस्तानसंग अक्टोबर २ मा खेल्नेछ ।