-नेपाल कम्युनिष्ट पार्टी

नेकपाका कार्यकर्ताले आफ्नै पार्टी कार्यालयमा तालाबन्दी गरे

Hollywood Khabar September 16,2019 Comments


१,असोज,सुनसरी। नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले आफ्नै पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। पूर्व एमालेको वडा सदस्यबाट एक्कासी नगर सदस्य भएपछि नेकपाका कार्यकर्ताले प्रदेश १ को पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्। भदौ १२ गते नेकपा इटहरी कार्यालयमा लगाइएको ताला खुल्न नपाउँदै प्रदेश कार्यलयमा ताला लागेको हो।

शुद्धीकरण अभियानका प्रमुख सुनिल कार्कीका अनुसार पूर्वनिर्धारित कार्यक्रम बमोजिम ताला लगाइएको हो। इटहरी नगर सचिवमा प्रदेश इन्चार्ज भीम आचार्य निकट काशीनाथ दंगाललाई मनोनित गरिएकोमा असन्तुष्टि जनाउंदै युवा नेता सुजन लामाको नेतृत्वमा सुरु भएको पार्टी शुद्धीकरण अभियानमा प्रदेश स्तरका नेताहरुले समेत समर्थन जनाएका छन्। प्रदेश सदस्य रेवतीरमण भण्डारी, सर्वध्वज साँवा, जिल्ला सदस्य याम सुब्बा, प्रदेश सांसद लिलम बस्नेत र युवा नेता चन्द्र न्यौपानेले समर्थन गरेका छन्।पार्टीमा लामो समय योगदान पुर्‍याएकाहरुको अवमूल्यन गरेर जथाभावी मनोनीत गर्न थालेपछि आन्दोलन गर्नुपरेको युवा नेता लामाले बताए।