-नेपालका दुइ छिमेकी मध्ये चिनको सदिच्छा पनि एकीकरण थियो

नेपाल कम्यूनिष्ट पार्टी एकीकरण भएको होइन बहुमत ल्याउन मिलिजुली भएको हो

Hollywood Khabar October 12,2020 Comments

कृष्ण के सी, अमेरिका/१०/१३/२०

प्रसङ्ग

नेपाल कम्यूनिष्ट पार्टीको फुट्ने र जित्ने इतिहास लामो नै छ। यसलाई सबभन्दा धेरै सोहि पार्टीका नेता र कार्यकर्ताले बुझ्दछन्। अन्तिम पटक जुटेको भनिएको पूर्व नेपाल कम्यूनिष्ट पार्टी एकिकृत मार्क्सवादी लेनिनवादी (एमाले) र पूर्व आतंककारी नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र (माके) बीच भएको भनिएको एकीकरण कुनै पनि कारणले मिलेको देखिंदैन।

स्थिति

पहिलो कुरा त अध्यक्ष नै दुइजना छन्। मुख्य नेतृत्व नै एकीकरण भएन।दोश्रो कार्यालय नै दुइछन् त्यहाँ एकीकरण भएन। तेश्रो केन्द्र देखि स्थानीय तहसम्म पार्टीको संरचनामा एकीकरण भएको छैन। सबै भन्दा ठूलो कुरा त हरेक कुरामा पूर्व एमाले र पूर्व माकेको भाग बण्डाले गर्दा पार्टी एकीकरण भएको देखिंदैन। पार्टी एकीकरण गर्ने प्रक्रिया अनुरुप भएको र आपसमा निर्णय गरेर पारित गराएको छैन। दुवै पार्टीका शक्ति केन्द्रहरु फरक फरक धारमा छन्।

उद्येश्य

यदि यो एकीकरण भएको होइन भने के हो त भन्ने प्रश्न उठ्न सक्छ। तर जवाफ भने तीन भागमा दिनुपर्छ। पहिलो कुरा कानुनी रुपमा पार्टी एकीकरण भएको देखाइएको हो, एकीकरण गर्ने उधेश्यले गरिएको होइन। दोश्रो कुरा आम नागरिकमा पार्टी एकीकरण भयो भनेर निर्वाचन प्रभावित पारेर जित हासिल गर्नको लागि हो। तेश्रो कुरा, एकीकरण नभन्दा आम कार्यकर्ता र स्तानीय तहमा बागी उठ्ने र सहयोग नगर्ने प्रवृति बढ्ने हुनाले त्यसलाई भ्रम छर्नको लागि पार्टी एकीकरण भनियो। यसको कारण केवल खड्ग प्रसाद ओलीलाइ शक्तिशाली प्रधानमन्त्री र पार्टी अध्यक्ष हुनुथियो। अनि अर्का अध्यक्ष पुष्प कमला दाहाललाइ टाउको जोगाउन शरण लिने ठाउँ चाहिएको थियो। नेपालका दुइ छिमेकी मध्ये चिनको सदिच्छा पनि एकीकरण थियो।

नतिजा

एकीकरण नगर्ने भएकै कारणले गर्दा पार्टी स्थानीय देखि केन्द्र सम्म पूर्व रुपमा एकीकरण भएको छैन र त्यसप्रति पार्टीको शक्ति खर्च भएको देखिंदैन। अध्यक्ष नै दुइ छन् र नेतृत्वको दुइ चिरा अहिले पनि केन्द्र देखि स्थानीय सम्म कायम नै छ। प्रधानमन्त्री तथा पार्टीका पहिला अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण शक्तिको सबै अधिकार आफूमा मात्र कायम गरेका छन्। संझौता अनुसार दोश्रा अध्यक्ष पुष्प कमल दाहालले केहि पनि पाएका छैनन्। केवल अन्तरपार्टी प्रतिपक्ष नेता मात्र हुन्। ओलीका अगाडी उनको कुनै पनि दाल गल्नेवाला छैन।

एउटा पक्षले अर्को पक्षलाई छप्पन हान्ने प्रवृति अझै कायम नै छ। युद्धका नाममा माओवादी पक्षले हत्या र लुटेका पिडित एमाले पक्ष यो एकीकरण यसरी भएकोमा सन्तुष्ट छैनन। यस्तै धेरै स्थिति कायम छन जसले यो पार्टी एकीकरण भएको देखाउँदैन।

भविष्य

आगामी निर्वाचनमा अल्पमत या धेरै सीट पराजयी भयो, अरु पार्टी या नेपाली काँग्रेस पार्टी बलियो भयो र निर्वाचनमा बहुमत ल्यायो भने नेकपा पार्टी फुट्छ। यदि त्यो स्थिति भएन भने पार्टी एकीकरण नगरी जान्छन र महाधिवेशनको बाध्यात्मक व्यस्था फेर्नतिर लागि पर्छन। बहुमतको आधारमा संघिय संसदबात त्यो पास गराउँछन्। यसका लागि नेपाली काँग्रेस पार्टीका वर्तमान सभापति शेर बहादुर देउबा पनि राजी हुन्छन। अहिले उठेको नेकपाको कर्णाली प्रदेशको विष्फोट पनि त्यसैको कारण हो। कर्णाली त सुरुवात मात्र हो यो क्रम बल्झिन्छ।