नेपाली कांग्रेस पार्टीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको आधिकारिक रुपमा टुंगो नलागेसम्म पर्खने निर्णय गरको छ।
नेपाली कांग्रेस पार्टीका सभापति शेरब हादुर देउवाको आफ्नै निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले सो निर्णय गररेको हो। फेब्रवरी २५, २०२१ बिहिबार बसेको उक्त बैठकमा नेकपा विवादको अन्तिम टुंगोसम्म कुर्ने पक्षसँग पनि सहकार्यको निर्णय नगर्ने बताएको छ। बैठकमा सभापति शेरबहादुर देउवाले नेकपाका दुवै समूहले सहकार्यका लागि प्रस्ताव राखेको जानकारी गराएका थिए।