-नेकपाको बैठक

नेकपाको बैठकले क-कसलाई दियो जिम्मेवारी(सूचीसहित)

Hollywood Khabar November 09,2019 Comments

२५ कार्तिक,काठमाडौं।सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी ‘नेकपा’ ले पार्टी एकताकापछि बाँकी रहेको पार्टीको काम टुंग्याएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोग,जेष्ठ कम्युनिष्ट मञ्ज, राष्ट्रिय परिषद र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले केन्द्रिय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा, सचिवमा अशोक रोकाय, केन्द्रिय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ, सचिवमा माधव पौडेल, लेखापरिक्षण आयोगको अध्यक्षमा पुष्प कडेँल, सचिवमा टेकनाथ आचार्य, केन्द्रिय सल्लाहकार समितिको अध्यक्षमा केशव बडाँल, सचिवमा नन्द कुमार थापा,ज्येष्ट कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई सचिवमा गोविन्द्र ज्ञवालीलाइ  चयनगरेको बताए ।