-माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ

नेकपामा भाँडभैलो,चार शीर्ष नेताले पार्टीको बैठक बहिष्कार गरे   

Hollywood Khabar December 07,2018 Comments

२३ मंसिर काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार शीर्ष नेताले पार्टीको बैठक बोलाउने,पटकपटक स्थगित गर्ने र बैठक बस्ने दिन पनि पर्खाएर अपमान गर्ने परम्परा बसेको भन्दै केन्द्रीय सचिवालय बैठक बहिष्कार गरेका छन् ।नेकपाको शनिबाको बैठक पार्टी कार्यालयमा नभई प्रधानमन्त्री निवासमा बोलाइएको बैठकमा लामो समय कुराएर कुराएर अपमान गरिएको भन्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बहिष्कार गरेका हुन् ।

नेकपालाई राजनीतिक पार्टीका रूपमा कसरी सञ्चालन गर्नुपर्छ भन्ने शिक्षा दिनका लागि बैठक बहिष्कार गरेको भन्दै नौजना मध्ये चार जना नेताले बैठकै छाडेर हिँडेका हुन्। उनीहरुले नेकपामा दुईजना अध्यक्षमध्ये एकजना उपस्थित नहुँदा बैठक नबस्ने, अनौपचारिक भेला मात्रै गर्ने परम्परासमेत यस पटक देखि परम्परा तोडियो भन्दै अबदेखि दुईमध्ये एक अध्यक्ष मात्र उपस्थित हुँदा पनि बैठक सञ्चालन गर्ने बताए।उनीहरुले अबका दिनमा प्रधानमन्त्रीले समय निकाल्न नसकेर बाहिर भएका बेला पनि अध्यक्षको नेतृत्वमा बैठक बसी निर्णय गर्ने बताए।