श्री श्रदेय शेर बहादुर देउवाज्यू,
सभापति
नेपाली काँग्रेस पार्टी, केन्द्रीय कार्यालय सानेपा ललितपुर, नेपाल।
मार्फत
श्री गोबिन्द भट्टराई ज्यू,
केन्द्रीय सदस्य नेपाली काँग्रेस एवं प्रमुख जनसम्पर्क समिति समन्वय बिभाग, केन्द्रिय कार्यालय, बि.पि. स्मृती भवन सानेपा ललितपुर, नेपाल।
बिषयः नेपाली काँग्रेसको महाधिबेशनमा प्रतिनिधित्वको सुनिश्चितताका लागि पार्टीको बिधान तथा नियमाबलीमा आवश्यक संशोधन सम्बन्धमा।
महोदय,
हामी संसारभर छरिएर बसोबास गरिरहेका गैर आवासीय नेपाली नागरिकहरुको जन्मसिद्ध अधिकार “एक पटकको नेपाली संधैको नेपाली” भन्ने भावना बिपरित नेपालको संबिधान बि.सं. २०७२ मा राखिएको प्राबधानले हाम्रो राजनितिक अधिकारलाई निसेध गरेको छ। संबिधानमा उल्लेख यस ब्यबस्थाले लोकतन्त्रको मर्ममा एकै देशका नागरिकलाई हेर्ने दृष्टीकोण फरक हुनु दुखको कूरा हो।
नेपालको संबिधान संसोधन मार्फत हामी सत्तरी लाख भन्दा बढी नेपालीहरुको उच्च मुल्यॉंकन गर्दै यसका बारेमा प्रभाबकारी भुमिका निर्वाह गरिदिनु भई हाम्रो माटो र भूगोल संग जोडिएर आएको सम्बन्धलाई बँचाई दिनुहुन समेत नेपाली काँग्रेस केन्द्रिय समिती समक्ष हार्दिक अनुरोध गर्दछौ।
नेपाली काँग्रेसको पछिल्लो संशोधित बिधान र पार्टीले जारी गरेको नियमावली बमोजिम बिदेशमा रहेका नेपाली काँग्रेसमा आस्थावान् तथा नेपाली जनसम्पर्क समितिहरुमा आबद्ध भएका साथीहरुलाई नेपाली काँग्रेसको क्रियाशील सदस्यता लिन (नयाँ तथा नबिकरण) र पार्टीको महाधिबेशनमा प्रतिनिधित्व गर्नको लागि नेपाली नागरिकताको प्रतिलिपि अनिबार्य समाबेश गर्नुपर्ने बिधान र नियमाबली मा भएका कारण बिदेशमा रहेका लाखौं लाख नेपाली काँग्रेसका समर्थकहरु एवं दोस्रो पुस्ताका प्राय सबै नेपाली युवा युवतीहरु नेपाली कॉंग्रसको कुनैपनि सदस्य बन्नबाट बन्चित हुने अवस्था स्पष्ट सिर्जना हुने हुदाँ पार्टिको १३ औं महाधिबेशनमा प्राप्त अधिकारलाई पून प्रतिनिधित्वको सुनिश्चितता गर्न उक्त धारा निलम्बन गरी १४ औं महाधिबेशनमा प्रतिनिधीत्त गराउँदै सम्पूर्ण देशका जनसम्पर्क समितिहरुको अधिबेशन र बिधानमा एकरुपताका लागि पत्राचार तथा निर्देशन गरिदिनु हुन हार्दिक अनुरोध गर्दै बुँदागत रुपमा अनुरोध प्रस्तूत गर्दछौं।
१. बिदेशमा बस्ने नेपालीहरु जो नेपाली काँग्रेसमा आवद्द छन् र हुन चाहना राख्दछन उनीहरुलाई नेपाली कॉंग्रेस पार्टीको क्रियासिल सदस्यता लिन सक्ने अबस्था प्रदान गरि प्रक्रिया पुरागरी पार्टी महाधिबेशनमा प्रतिनिधितत्वको ब्यबस्था सुनिश्चित हुनुपर्ने।
२. नेपाली काँग्रेससंग आवद्द रही नेपालमा रहंदा होस् वा बिदेशमा रहदा नेपालका धेरै युबाहरुको हिस्सा नेपाली काँग्रेसको राजनिति र पार्टी संगठन निर्माणमा सक्रिय छ। बिगतका बर्षहरु देखि ठुलो संख्यामा बाध्यता र बिबसताले बिदेशीएको त्यो पुस्तालाई काँग्रेसमा सक्रिय भुमिकामा राख्न महादेश स्तरीय एबं अन्तरास्ट्रिय नेपाली जनसम्पर्क समन्वय परिषद निर्माण गर्ने ब्यबस्था नियमावली मा गरियोस।
३. नेपाली काँग्रेसको केन्द्रिय महाधिबेशन मार्फत प्रबासमा रहेका तमाम नेपाली काँग्रेसका कार्यकर्ताको प्रतिनीधीत्तव र पार्टी संगको अन्तरसम्बन्धलाई थप सुदृढ बनाउँ कम्तिमा बिदेशबाट एक जना केन्द्रिय सदस्य निर्बाचित हुने बिधानमा ब्यबस्था गर्दै नेपाली काँग्रेस र नेपाली जनसंपर्क समितिमा लामो समयदेखि काम गरेर खारिएका काँग्रेसजनहरु मध्यबाट कम्तिमा पॉंचजना आमन्त्रित केन्द्रिय सदस्यहरु सहित बिभिन्न बिभागहरुमा प्रतिनिधित्वको ब्यबस्था बिधानमा गरियोस्।
नोटःनेपाली कांग्रेस संग डायस्पोराका कांग्रेस जनहरुको क्रियासिल सदस्यताको निरन्तरता,महाधिबेशनमा प्रतिनीधित्त को सुनिस्चितता र समन्वय कारी भुमिकाको लागी सामुहिक रुपमा हार्दिक अनुरोध गर्दछौं।
जय नेपाल !
प्राथीहरु
बिश्वभरका नेपाली जनसम्पर्क समितिका अध्यक्षहरु, पुर्ब अध्यक्षहरु, संस्थापक अध्यक्षहरु, महासमिति सदस्यहरु, महाधिबेशन प्रतिनिधीहरु र अन्य पदाधिकारीहरु एवं सदस्यहरु।
नाम देश पद हस्ताक्षर
सिफारिस
व्यासका अध्येता न्यौपानेको अशून्यम् लोकार्पण
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...