-नेपाल अमेरिका पत्रकार संघको सदस्यता नविकरण गर्ने बारेको सूचना

नेपाल अमेरिका पत्रकार संघको सदस्यता नविकरण गर्ने बारेको सूचना

Hollywood Khabar February 06,2020 Comments

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं बार्षिक साधारण सभा मे २ र ३ तारिख २०२० मा न्यूयोर्क शहरमा हुन लागेको सम्पूर्णमा जानकारी रहेकैं छ।

त्यस साधारण सभा तथा अधिवेशनमा सहभागि हुन पनि सबैंमा नेजा कार्यसमिति हार्दिक आग्रह गर्दछ। नेजाको विधानले साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिको रुपमा भाग लिनका लागि साधारणसभा हुनु भन्दा १ महिना अघिनैं सदस्य भैसक्नुपर्ने व्यवस्था गरेकाले आउँदो अप्रिल १, २०२० अघि नैं सदस्यता नविकरण गर्नुहुन अनुरोध गरिन्छ।

साथैं नयाँ सदस्यताका लागि समेत तपाईको सम्पर्कमा रहनु भएका पत्रकारहरुलाई नेजा विधानले तोकेको आवश्यक प्रक्रिया पुर्‍याई सदस्यता आवेदन फाराम भर्नका लागि जानकारी गराउनुहुन समेत निवेदन गरिन्छ। नेजाको नयाँ सदस्यता आवेदन तथा नविकरणका लागि आवश्यक प्रक्रियाका निम्ति संस्थाको वेभसाइट www.najausa.org लग इन गर्नुहुन तथा थप जानकारीका लागि वा केही जिज्ञासा रहेमा संस्थाको इमेल najausa@gmail.com मा इमेल गर्नुहुन अनुरोध छ ।

सदस्यता नविकरण गर्न आवश्यक सदस्यहरुको नामावली यस प्रकार रहेको छ ।

१.अकुर लुईटेल

२.अग्नि चौलागाई

३.अनिल अधिकारी

४.अनिल थापा

५.अनुज थापा

६.इन्दिरा चोंगवांग

७.उपेन्द्र सापकोटा

८.कमला थापा

९.कल्पना घिमिरे

१०.किरण मरहठ्ठा

११.किशन रेग्मी

१२.कृष्ण संजेल के।सी।

१३.कृष्णराज खनाल

१४.केश कार्की

१५.केशव रेग्मी

१६.गीता पन्थ

१७.गीता सापकोटा

१८.गोकुल ढकाल

१९.गोकुल श्रेष्ठ

२०.चक्रपाणी मिश्र

२१.चन्द्र खतिवडा

२२.जानु पंगेनी

२३.जान्ग्बू शेर्पा

२४.जोशिला देवकोटा

२५.ज्योति देवकोटा

२६.डोल्मा लामा

२७.तरुण पौडेल

२८.तारा बराल

२९.तारा भट्टराइ

३०.तेज ढकाल

३१.तेम्बा ह्याल्मो

३२.दिक्षा बस्नेत

३३.दिनेश कार्की

३४.दिपक अधिकारी

३५.दिपक तिवारी

३६.दिवस पोखरेल

३७.दिवाकर बागचन्द

३८.धर्म भट्टराई

३९.नातिवावु भट्ट

४०.नारायण सापकोटा

४१.ङिमा पाख्रिन

४२.निदेश अधिकारी

४३.पदम पौडेल

४४.पुस्कर बराल

४५.पूर्णचन्द्र बराल

४६.प्रतिमा बाास्कोटा

४७.प्रभात भट्टराई

४८.प्रशान यालुंग राइ

४९.प्रेम परियार

५०.प्रेम लुईटेल

५१.बद्री गौतम

५२.बलराम थापा

५३.बाबुराम खरेल

५४.बाबुराम दाहाल

५५.बाल जोशी

५६.बालमुकुन्द नेपाल

५७.बिजय घिमिरे

५८.बिजय भट्टराई

५९.बिटु के.सी.

६०.बिराज भण्डारी

६१.बिष्णु पौडेल

६२.बिष्णुहरि घिमिरे

६३.भुपेन्द्र थापा

६४.भुपेन्द्र महत

६५.भोज नारायण श्रेष्ठ

६६.भोला आचार्य

६७.मच्छेदेवी गुरुङ

६८.मनोज अधिकारी

६९.मनोज घिमिरे

७०.मानछिरिंग तामांग

७१.मोहन बिष्ट

७२.मोहन सिंह लामा

७३.यम घिमिरे

७४.यादव दाहाल

७५.युबराज खनाल

७६.योगेश उपाध्याय

७७.योगेश डंगोल ‘आदि’

७८.रबि अधिकारी

७९.रबिन पिया

८०.राजीव श्रेष्ठ

८१.राजु आचार्य

८२.राजु तिमल्सिना

८३.राजु सिटौला

८४.राजेन्द्र राजभण्डारी

८५.राजेश मिश्र

८६.राम लामा

८७.रामचन्द्र भट्ट

८८.लिला ओझा

८९.लेखनाथ गौतम

९०.लेखनाथ भण्डारी

९१.लोकमणि राइ

९२.विजय पौडेल

९३.शंकर राज वाग्ले

९४.शम्भु दुवाडी

९५.शरद धिताल

९६.शरद पोखरेल

९७.शिब बिष्ट

९८.शिव नेपाल

९९.शिव प्रकाश

१००.शेर के.सी.

१०१.शैलेश पोखरेल

१०२.शैलेश श्रेष्ठ

१०३.श्रीकृष्ण गौतम

१०४.श्रीराम थापा

१०५.संजय घिमिरे

१०६.संजोक आचार्य

१०७.सन्तोष रिमाल

१०८.सरोज काफ्ले

१०९.सर्बज्ञ वाग्ले

११०.सुजन पण्डित

१११.सुदर्शन ओली

११२.सुदिप पन्त

११३.सुरज भण्डारी

११४.सुरेश पोख्रेल

११५.सुर्य प्रसाई

तपाईले नयाँ सदस्यता लिन तथा नविकरणको लागि संस्थाको वेभसाईट

http://www.neajausa.org/become-member/ मार्फत् पनि अनुरोध गर्न सक्नुहुनेछ ।

नेजाको सदस्यता शुल्क

नविकरण शुल्क : ५० डलर ( दुई वर्षका लागि )

नयाँ सदस्य : ७५ डलर ( दुई वर्षका लागि )

आजीवन सदस्यता शुल्क : ३०० डलर

तपाईसँग सदस्यता सम्वन्धि अन्य जिज्ञासा भए हामीलाई ईमेल (najausa@gmail.com) गर्न सक्नुहुनेछ ।

सदस्यता नविकरणको लागि लिंक;

http://www.neajausa.org/associate-and-general-renewal-memb…/

नयाँ सदस्यताको लागि

http://www.neajausa.org/associate-and-general-member-form/

यस लिंकमा फारम भरेर सबमिट गरेपश्चात पेपलको लिंक आउछ, सो मार्फत पेपल एकाउन्ट वा डेबिट वा क्रेडिट कार्डबाट सिधा पैसा तिर्न सकिने छ ।

बिधान बमोजिम योग्यता पुगेका व्यक्तिले आजीवन सदस्यताको लागि आवेदन दिने

http://www.neajausa.org/life-members-form/

यस लिंकमा फारम भरेर सबमिट गरेपश्चात पेपलको लिंक आउछ, सो मार्फत पेपल एकाउन्ट वा डेबिट वा क्रेडिट कार्डबाट सिधा पैसा तिर्न सकिने छ ।

नेजाको विधानमा सदस्यता सम्बन्धि रहेको प्राबधान यस प्रकार छ । (www.neajausa.org/by-law-first-revision-2010/)

४.१.१ साधारण सदस्य:- उत्तर अमेरिकामा छरिएर रहेका नेपाली मूलका पत्रकारहरु जसले नेपाली समुदायको वृहत्तर हितका लागि संघको नीति नियममा रहेर काम गर्न चाहना राख्नेहरु संस्थाको साधारण सदस्य हुन सक्नेछन् ।

४.१.१.१ सदस्यताको लागि नेजाले तोकेको मापदण्डका आधारमा तोकिएको फर्म भरेर सदस्यता शुल्क बापत अमेरिकी डलर ७५ तिर्नु पर्नेछ ।

४.१.१.२ साधारण सदस्यता दुई वर्षको लागि मान्य हुनेछ ।

४.१.१.३ नयाँसदस्यता लिनका लागि कम्तीमा एक वर्ष नेपालमा या अमेरिकामा सञ्चालित सञ्चार माध्यममा काम गरेको प्रमाण पेस गर्नु पर्नेछ ।

४.१.१.४ सदस्यता लिन इच्छुक पत्रकारले आफू पत्रकार भएको प्रमाण निवेदन साथ पेस गर्नु पर्नेछ, बिना प्रमाण पेस भएका निवेदनलाई सदस्यता प्रदान गरिने छैन ।

४.१.१.५ सम्बन्धित सदस्यले सदस्यता छानबीन समितिमा आफू पत्रकार भएको प्रमाण पेस गर्न नसके सदस्यता छानविन समितिले त्यस्तो निवेदन अस्वीकार गर्नेछ ।

४.१.१.६ सदस्यता नविकरण गर्नका लागि नेजाका उद्देश्य विपरीत गतिविधि गरेको वा आम सञ्चार माध्यमका नीति विपरीत काम गरेको वा प्रचलित कानुनको उलंघन गरेको हुनुहुन्न ।

४.१.१.७ नेजाले आफ्ना सदस्यहरूलाई अनुकूल भएसम्म सञ्चार गतिविधिहरूमा सहभागिता जनाउन प्रोत्साहित गर्ने र सदस्यहरूको सञ्चार गतिविधिसँग सम्बंधित कार्यहरूको अभिलेख राख्न पहल गर्नेछ ।

४.१.१.८ अमेरिकामा व्यावसायिक नेपाली पत्रकारिताको विकाश नभएको अवस्थामा नेपालबाट वा अमेरिकामा रहेका संचारमाध्यामको सिफारिसको आधारमा मात्र सदस्यता प्रदान गरिने छैन तर सम्बंधित व्यक्तिले पत्रकारिता गरेको प्रमाण प्रस्तुत गर्न सकेको वा पत्रकारिता गरेको सामाजिक पहिचानका आधारमा पनि सम्बन्धित सदस्यता प्रदान गर्न सक्नेछ ।

४.१.१.९ साधारण सभाले सदस्यता शुल्क र मापदण्डको प्रक्रियामा भने परिवर्तन गर्न सक्नेछ ।

४.१.१.१० साधारणसभा वा अधिवेशनमा भाग लिनको लागि सभाको एक महिना अगावै नवीकरण शुल्क बापतको ५० डलर तिरी गरी।

४.१.१.११ साधारण सभा हुनुभन्दा एक महिना अगाडि नवीकरण नगरे वा नयाँ सदस्यता प्राप्त नगरेको तर सभा भन्दा अगावै सदस्यता प्राप्त गरेको व्यक्तिले पर्यबेक्षकको रूपमा भाग लिन सक्नेछ ।

४.१.२ आजीवन सदस्य:- साधारण सदस्य प्राप्त सदस्यले आजीवन सदस्यता लिन चाहेमा एक पटक ३०० डलर तिरेर आजीवन सदस्यता लिन सक्नेछन् ।

४.१.२.१ आजीवन सदस्यहरूबाट संकलित कोषको रकम दैनिक कार्यसञ्चालनको लागि खर्च गरिने छैन तर दीर्घकालीन कोषको लागि उपयोग गर्न सकिनेछ

४.१.२.२ आजीवन सदस्यता प्राप्तिको लागि नेपालमा या अमेरिकामा कम्तीमा पन्ध्र वर्ष पत्रकारिता गरेको अनुभवको प्रमाण पेस गर्नुपर्नेछ ।

४.१.२.३ पन्ध्र वर्ष पत्रकारिता नगरेका व्यक्तिको आजीवन सदस्यता स्वीकार गरिने छैंन् ।

धन्यवाद

सुरज भण्डारी

सचिव

नेपाल अमेरिका पत्रकार संघ (नेजा)