Nepal America Journalists Association-JEAJA

नेपाल अमेरिका पत्रकार संघको पत्रकारिता पुरस्कार छनोट कार्यविधि २०१९

Hollywood Khabar March 20,2019 Comments

नेजा पत्रकारिता पुरस्कार छनौटका लागि गठित छनौट समितिको बैठकले पुरस्कार छनौटका लागि नेजाद्धारा तयार गरिएको पुरस्कार छनौट कार्यविधि र नियमावलीको अधिकार क्षेत्रमा रहेर केहि छनौटका आधार र कार्यविधि तयार गरेको छ ।

छनौट समितिले तय गरेको कार्यविधि अनुसार पुरस्कारका लागि प्रतिष्पर्धा गर्न सन् २०१८, जनवरी १ देखि डिसेम्बर ३१ सम्म प्रकाशित वा प्रशारित भएको कम्तिमा तीन समाचार, अनुसन्धानात्मक फिचर, लेख रचनाको लिंक, कपी वा सीडी पेश गर्नुपर्ने छ ।

अमेरिकामा रहेका नेपाली समुदायको हक, हित र उत्थानसंग सम्बन्धितलाई ग्राहयता दिईने गरी तयार भएको कार्यविधि अनुसार अमेरिकामा रही कम्तीमा दुई वर्ष पत्रकारिता क्षेत्रमा काम गरेकाहरु पुरस्कारका लागि आवेदन दिन योग्य रहने छन।

पुरस्कारका लागि प्रतिष्पर्धामा नेजाको कार्यसमितिमा रहेका कुनै पनि पदाधिकारी वा केन्द्रिय सदस्य वा सल्लाहकार समावेस नगराइने निर्णय गर्दै छनौट समितिले साभार गरिएका समाग्रीहरु पुरस्कारका लागि योग्य नहुने जनाएको छ ।

प्रतिष्पर्धाका लागि समाचारका कटिङहरु पेश गर्दा मिति र पत्रिका वा अन्य संचारमाध्यमका मास्टर हेड सहितको कपी पेश गर्नु पर्ने उल्लेख गर्दै छनौट समितिले व्यक्तिगत ब्लगमा छापिएका समाचारहरु पुरस्कारका लागि योग्य नहुने बताएको छ।

यसैगरी लेख वा रचनाहरु समाचारका न्यूनतम मुल्य मान्यतामा आधारित हुनुपर्ने र श्रोतहरु खुलेका तथ्यमा आधारित वा अनुसन्धानत्मकलाई प्राथमिकता दिइने जनाउदैं छनौट समितिले प्रतिस्पर्धाका लागि पठाईने आवेदनसहित लेख रचना लिंकहरु वा स्क्यानिड गरिएका सबै समाग्री प्रष्ट बुझिने खालको हुनुपर्ने र यी सामाग्रीहरु आउदो २०१९, अप्रिल १५ सम्ममा नेजाको सम्बन्धित इमेलमा पठाईसक्नु पर्ने जनाएको छ।

नेजा पुरस्कार छनौटका लागि संघका महासचिव किरण मरहठ्ठाको संयोजकत्वमा पत्रकारद्धय होमप्रसाद लम्साल र ज्योति देवकोटा सदस्य रहेको समिति रहेको छ ।