NEAJA Logo

नेपाल अमेरिका पत्रकार संघ: पुरस्कारको आवेदन आह्वान

Hollywood Khabar February 27,2019 Comments

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अमेरिकामा रहेका नेपाली मूलका पत्रकार तथा संचारमाध्यमलाई प्रोत्साहन गर्ने उद्देश्यले नेजा सामुदायिक पत्रकारिता पुरस्कार बितरण गर्दै आएको यहाँहरु सबैलाई पुनः स्मरण गराउन चाहन्छौं ।

आगामी मे ४ र ५ मा डालसमा आयोजना हुने नेजाको १२ औं साधारण सभामा उक्त पुरस्कार घोषणा गरिनेछ । पुरस्कारको राशी एक हजार एक सय डलर रहेको छ । नेजा कार्य समितिको फेब्रुअरि २४ मा बसेको बैठकले नेजा महासचिव किरण मरहठ्ठाको संयोजकत्वमा पत्रकार ज्योति देवकोटा र पत्रकार होम लम्साल सम्मिलित पुरस्कार छनोट समिति गठन गरेको छ ।

समितिसँगको परामर्श बमोजिम पुरस्कारका लागि यसै सूचना मार्फत आवेदन आह्वान गरिन्छ ।

आवेदनका लागि निम्न शर्तहरु निर्धारण गरिएको छ-

१) आवेदकले सन् २०१८ भित्रमा प्रकाशित वा प्रसारित आफ्ना तीन उत्कृष्ट समाचार, अनुसन्धनात्मक लेख वा समाचारमूलक कार्यक्रम पेश गर्नुपर्नेछ ।

२) नेपाली समुदायको हित प्रवद्र्धन गर्ने खालका समाचार, अनुसन्धनात्मक लेख वा समाचारमूलक कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।

३) अमेरिकामा रहेर कम्तीमा दुइ बर्ष पत्रकारिता क्षेत्रमा कुनै न कुनै रुपमा सक्रिय रहेको पक्षलाई पनि ध्यान दिइनेछ ।

४) आवेदन आगामी अप्रिल १५ तारिखसम्म प्राप्त हुनु पर्नेछ ।

५) प्राप्त आवेदनमाथि पुरस्कार छनौट समितिले गर्ने निर्णय नै अन्तिम हुनेछ ।

६) इच्छुक पत्रकार साथीहरुले आफ्ना प्रकाशित समाचार सामग्री नेजाको सम्पर्क इमेलः najausa@gmail.com मा पठाउन अनुरोध गर्दछौं ।

सुरज भंडारी, सचिव

नेपाल अमेरिका पत्रकार संघ (नेजा)

फेब्रुअरि २६, २०१९