बधाई तथा सफल कार्यकालको लागि शुभकामना

Hollywood Khabar November 07,2017 Comments

एनआरएनए अमेरिकाको मिडिया संयोजकमा नेपाल अमेरिका पत्रकार संघ, नेजाका कार्य समिति सदस्य बाल जोशी नियुक्त हुनु भएकोमा हार्दिक बधाई दिन चाहन्छौँ ।
उहाँले संस्थामा पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै मिडिया संयोजकको सफल कार्यकालाको लागि शुभकामना प्रकट गर्दछौ । यसै गरि संस्थाका साधारण सदस्य धर्म भट्टराई र बलराम थापा आइ सि सि सदस्य, अमृत कट्टेल एन आर एन अमेरिका कार्यसमिति सदस्य र रोशन अधिकारी एन आर एन अमेरिका क्यालिफोर्निया च्याप्टरको सचिव पदमा निर्वाचित हुनु भएकोमा बधाई तथा सफल कार्यकालको लागि शुभकामना प्रदान गर्दछौँ । आउदा दिनमा नेजा र एनआर एन बिचको संवन्ध अझ प्रगाण हुने विश्वास लिएका छौ ।
तोया दाहाल
महासचिव
नेपाल अमेरिका पत्रकार संघ, नेजा
Nepal America Journalists' Association (NEAJA), USA