-नेपाल अमेरिका पत्रकार संघ (नेजा) साधारणसभाको तयारी पुरा

नेपाल अमेरिका पत्रकार संघ (नेजा) साधारणसभाको तयारी पुरा

Hollywood Khabar April 26,2019 Comments

टेक्सस

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को मे ४ र ५ मा हुने १३ औं साधारणसभाको तयारी पुरा भएको छ । टेक्ससको डलास शहरमा हुन लागिरहेको साधारणसभाको उद्घाटन मे ४ मा हुनेछ । साधारणसभाको अवसर पारेर संघले प्रवासमा नेपाली पत्रकारिताको सन्दर्भमा अन्तरक्रियात्मक कार्यक्रम समेत आयोजना गरेको छ ।

साधारणसभामा अमेरिका तथा क्यानडामा रहनुहुने संघका सदस्य तथा अग्रज पत्रकारहरुको सहभागिता रहने यस संघका उपाध्यक्ष तथा मुल आयोजक समितिका संयोजक विकास राज न्यौपानेले जानकारी दिनुभएको छ । साधारणसभालाई भव्यता पूर्वक सम्पन्न गर्न स्थानीय रुपमा गठित आयोजक समिति तथा विभिन्न उपसमितिहरुवाट काम भैरहेको बताउ“दैं उपाध्यक्ष न्यौपानेले स्थानीय संघ संस्थाहरुले समेत अपनत्व लिएर सहयोग गरिरहेको उल्लेख गर्नुभयो ।

मे ४ का दिन दिउ“सो ५ बजे स्थानीय हिल्टन गार्डेन इन्टरनेशनल होटलको सभाहलमा साधारणसभाको उद्घाटन कार्यक्रम राखिएको छ । उद्घाटन कार्यक्रमको अवसरमा नेजा सामुदायिक पत्रकारिता पुरस्कार वितरण देखि नेजालाई विभिन्न क्ष्ँेत्रवाट सहयोग पु¥याउनुहुने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । उद्घाटन कार्यक्रममा सदस्य तथा अग्रज पत्रकारहरु, नेपाल सरकार कुटनितिक निकायका अधिकारीहरु, गैर आवासीय नेपाली संघका विभिन्न तह र तप्काका पदाधिकारीहरु, सामुदायिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

साधारणसभाको उद्घाटन लगत्तैं बन्द सत्रको कार्यक्रम संचालन हुनेछ । अर्को दिन मे ५ , आइतवार दिउसो ५ बजे देखि प्रवासमा नेपाली पत्रकारिताको विषयमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको नेजाका मध्य क्षेत्रका क्ष्ँेत्रीय संयोजक रामचन्द्र भट्टले बताउनुभएको छ ।

अन्तरक्रियामा विभिन्न विषयमाथि रहेर वरिष्ठ पत्रकारहरुले आफ्नो धारणा राख्नुहुने क्ष्ँेत्रीय संयोजक भट्टले जानकारी दिनुभयो ।

यसैबीच, साधारणसभामा सहभागि हुन आउनुहुने पत्रकारहरुलाई डलास फोटवर्थ शहरका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गराउने प्रबन्ध मिलाउनुका साथैं मे ३ दिउ“सो ३ बजे अघि डलास आइपुग्नुहुने पत्रकारहरुहरुलाई ओक्लोहमा राज्यको भ्रमणमा लगिने व्यवस्था मिलाइएको छ । यसैगरी, मे ६ सम्म बस्नुहुने पत्रकारहरुलाई टेक्ससको राजधानी शहर अस्टिन अवलोकनमा भ्रमण गराउने गरी तयारी गरिएको नेजा कार्यसमिति सदस्य शेर के.सी.ले जानकारी दिनुभयो ।

नेपाली समुदायस“गैं रहेर अघि बढिरहेको नेजाले आफ्नो साधारणसभा तथा अधिवेशन अमेरिकाको विभिन्न राज्यका शहरहरुमा गर्दै आइरहेको छ । १२ औं साधारणसभा तथा छैठौं अधिवेशन वासिङटन राज्यको शियाटलमा सम्पन्न गरेको नेजाले १३ औं साधारणसभाका लागि टेक्ससको डलास शहरलाई रोजेको हो ।

सुरज भण्डारी

सचिव

नेपाल अमेरिका पत्रकार संघ (नेजा)

अप्रिल २७, २०१९