नेपाल अमेरिका पत्रकार संघको अधिवेशनका लागि विभिन्न समिति गठन

Hollywood Khabar May 03,2018 Comments

प्रेस विज्ञप्ति
जुलाई २१ र २२ मा वाशिंगटनको सियाटलमा हुने नेपाल अमेरिका पत्रकार संघ नेजाको छैटौँ अधिवेशन तथा १२ औ साधारण सभाका लागि विभिन्न समितिहरु गठन भएका छन्। छैटौँ अधिवेशन तथा १२ औ साधारण सभाबाट चयन हुने नयाँ कार्य समिति छनौटको लागि सल्लाहकार तारा बरालको संयोजकत्वमा सल्लाहकारहरु योगेश उपाध्याय, गिरिश पोखरेल र आङछिरिङ शेर्पा रहेको निर्वाचन समिति बनेको जानकारी गराउन चाहान्छौं।

क्षेत्रीय संयोजक ध्रुव कुँवरको संयोजकत्वमा साधारण सभा तयारी मूल आयोजक समिति बनेको छ। समितिको उप संयोजकमा क्यानाडा क्षेत्रीय संयोजक यम घिमिरे र सदस्यहरूमा कोषाध्यक्ष शैलेश पोखरेल, कार्यसमिति सदस्यहरू सन्दिप बाबु चौधरी, लेखनाथ गौतम, मच्छेदेवी गुरुङ र अनुज थापा रहनु भएको छ।

अधिवेशनको समयमा प्रदान गरिँदै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार विजेताको नाम छनौट गर्न सल्लाहकार आङछिरिङ शेर्पाको संयोजकत्वमा विजय घिमिरे र ज्योति देवकोटा रहेको तीन सदस्य समिति बनेको छ। समितिले नेपाल पत्रकार महासंघबाट छनौट भएर आएका उत्कृष्ट तीन मध्येवाट विजेताको नाम कार्यसमितिमा सिफारिस गर्ने छ।

नेजाको अधिवेशनको समयमा प्रकाशन गरिँदै आएको स्मारिका प्रयासको सम्पादक मण्डलमा अग्नि चौलागाईं, कल्पना घिमिरे, लेखनाथ भण्डारी, संजय घिमिरे, शैलेश श्रेष्ठ, रामचन्द्र भट्ट, विकासराज न्यौपाने, बाबुराम दाहाल, शरद पोख्रेल र सुरज भण्डारी रहनु भएको छ। सम्पादक मण्डलको छलफलले लेखनाथ भण्डारीलाई प्रधान सम्पादक र विकासराज न्यौपानेलाई व्यवस्थापकको जिम्मेवारी दिने निर्णय भैसकेको जानकारी गराउन चाहन्छु।

छैटौँ अधिवेशन तथा १२ औ साधारण सभामा भाग लिने प्रयोजनका लागि मे ३१, २०१८ सम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्त गरिसक्नुपर्ने निर्णय यस अघि नै कार्यसामितिले गरिसकेको पुन: जानकारी गराउन चाहन्छु ।

मे ४, २०१८
तोया दाहाल
महासचिव
नेपाल अमेरिका पत्रकार संघ, नेजा
Nepal America Journalists Association (NEAJA), USA