-नेपाल अमेरिका पत्रकार संघको १३ औं साधारण सभा मे ४-५ टेक्ससमा हुँदै

नेपाल अमेरिका पत्रकार संघको १३ औं साधारण सभा मे ४-५ गते टेक्ससमा हुँदै: महासचिवको विज्ञप्ति

Hollywood Khabar April 02,2019 Comments

मितिः मार्च २७, २०१९

नेपाल अमेरिका पत्रकार संघ (नेजा) का सदस्यज्यूहरु,

नेजा कार्यसमितिको छैठौँ बैठकले बैठकले संस्थाको १३ औं साधारण सभा आउँदो मे महिनाको ४ र ५ गते टेक्ससको ड्यालसमा गर्ने निर्णय गरेको निर्णय र जानकारी पत्र यस अघिनै प्राप्त गरिसक्नुभएको छ भन्ने आशा राखेका छौं।

त्यसै अनुसार यात्राका लागि आवश्यक प्रवन्ध समेत गरिसक्नुभयो या गर्ने तयारीमा हुनुहुन्छ भन्ने कुरामा नेजाको वर्तमान कार्यसमिति विश्वस्त रहेको छ। टेक्ससमा रहनुभएका नेजाका पदाधिकारीहरु यहाँहरुलाई ड्यालसमा स्वागत गर्न र दुई दिनको बसाईलाई अविस्मरणीय बनाउने तयारीको सिलसिलामा विगत केही सातादेखि अहोरात्र खटिरहनुभएको छ ।

ड्यालस शहर अमेरिकामा रहेका हामी नेपालीहरुको लागि नमूना, अनुकरणीय स्थान हो। ड्यालसमामात्र झण्डै ३५ हजार नेपालीहरु छन्। नेपालीभाषी भुटानी समुदायलाई समेत जोड्ने हो भने ५० हजारको हाराहारीमा नेपालीहरु ड्यालसमा रहेर माथिल्लो स्तरको रोजगारी, व्यबसाय गर्ने देखि लिएर दैनिक जीवनयापनका लागि बिभिन्न कामकाजीहरु समेत छन्। ड्यालसको लागि नेजा नयाँ र नौलो संस्था होइन। नेजाका यसअघिका बिभिन्न गतिविधिहरुमा समेत ड्यालसको नेपाली समुदायले सकृय सहयोग गर्दै आइरहेको छ ।

यसपटक पनि तपाई हामी सबैको दुई दिने बसाईमा ड्यालसले कुनै पनि प्रकारको अभाव, कमजोरी हुन नदिन सहयोग गर्ने विश्वास हामीहरुले लिएका छौं । तपाईहरुको ड्यालस बसाईलाई रमाइलो बनाउनका लागि त्यहाँ रहनुभएका साथीहरुले बिभिन्न योजनाहरु बनाई रहनुभएको जानकारी प्राप्त भएको छ । त्यस अनुसार यहाँहरुले पनि कार्यक्रमहरु तय गरिदिनुभयो भने आयोजक साथीहरुलाई सजिलो पर्ने र कार्यक्रम पनि भव्य र सभ्य रुपमा गर्न सहयोग पुग्नेछ ।

निम्न तथ्यहरुलाई ध्यान दिएर ड्यालस यात्राको तयारी गर्नुहरु साथीहरुलाई आग्रह गर्दछौं ।

१) ड्यालसमा दुईवटा विमानस्थलहरु छन्। साथीहरुको सकभर डिएफडब्लु इन्टरनेसनशल एअरपोर्टको टिकट लिनुहोला। ड्यालस लभफिल्ड एअरपोर्टको टिकट पनि लिन सक्नुहुनेछ। तर लभफिल्डबाट हाम्रो कार्यक्रमस्थल रहेको हिल्टन–गार्डेन होटल १३ माइल दुरी रहेकोले सटलबस या ट्याक्सीको व्यबस्था आफैंले गरेर आउनुपर्ने हुन्छ। डिएफडब्लु एअरपोर्टबाट भने होटलसम्मको शटल सेवा स्थानीय आयोजक साथीहरुको आग्रह अनुसार होटलले मिलाउने सहमति भएको छ। डिएफडब्लु एअरपोर्टबाट होटलसम्मको दुरी ५ माइलमात्र छ ।

२) हामीले सहभागी साथीहरूलाइ मे ४ र ५ तारिकका लागिमात्र होटल बुक गरेका छैाँ । कार्यक्रमको निर्धारित मितिभन्दा अगावै (मे ४ भन्दा पहिले) आउनुहुने र पछि (मे ५ भन्दा)सम्म बस्न चाहनुहुने साथीहरुले होटलको खर्च आफैंँले व्यहोर्नुपर्नेछ। यदी सोही होटलमा बस्नुहुने हो भने अघि र पछिका दिनका लागि होटलले विशेष सहुलियत दिनगरि सहमति भएको छ ।

त्यसका लागि पहिलेनै अनलाइनबाट बुक गर्नुहुन आग्रह गर्दछौं । सहुलियतका लागि अ्प्रिल १३ तारिकभन्दा अघिनै निम्न लिंकमा गएर बुक गर्नुहोला । अन्यथा होटल व्यबस्थापनले आफ्नो रेगुलर रेटमामात्र कोठा दिनेछ।

https://secure3.hilton.com/en_US/gi/reservation/book.htm?execution=e1s1

३) साधारण सभाको क्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) का उम्मेदवारहरुसँग अन्तरकृया समेत हुँदैछ । त्यस क्रममा एनआरएनका उम्मेदवारहरु तथा नेजाका सदस्यभन्दा बाहेकका व्यक्तिहरुका लागि समेत सोही होटलले विशेष सहुलियतमा कोठाहरु उपलव्ध गराउने सहमति भएको छ। साथीहरुले एनआरएनएका उम्मेदवार तथा ड्यालस आउन इच्छुक साथीहरुलाई निम्न लिंकमा गएर होटलको कोठा बुक गर्न उहाँहरुलाई आग्रह गर्नसक्नुहुनेछ।

https://secure3.hilton.com/en_US/gi/reservation/book.htm?execution=e1s1

४) औपचारिक कार्यक्रम मे ४ तारिक दिउँसो २ः३० बाट सुरु हुने भएपनि सहभागी साथीहरु एक दिन अगावै ड्यालस आउनुहुन विशेष आग्रह गर्दछौं । सो दिनका लागि विशेष प्याकेजको व्यबस्था गरिएको छ । निकै रोमाञ्चक हुने ठानिएको उक्त प्याकेज कार्यक्रममा सहभागी हुन चाहनेहरुलाई मे ३ तारिक दिउँसो ३ बजेभित्रमा डालस आइसक्नुपर्नेछ। इच्छुक र समयमा आइपुग्नुहुने साथीहरुलाई स्थानीय आयोजक साथीहरुले जम्मा गरेर झण्डै डेढसय माइल टाढा ओक्लाहोमा राज्यमा लगिनेछ ।

जहाँ टेक्सस र ओक्लाहोमा दुबै राज्यको प्राकृतिक सुन्दरता, अमेरिकाकै सबैभन्दा ठूलो क्यासिनो विनस्टारको अनुभव र नेपालीले हाँसिल गरेका सफलतासँग आफैँ साक्षात्कार गर्ने अवसर मिल्नेछ । सो दिन ३ बजेभन्दा पछि अाइपुग्नुहुने साथीहरू, जो ओक्लाहोमा जान नभ्याउने गरि आइपुग्नुहुन्छ ।

उहाँहरूले होटलमा बस्ने व्यबस्था आफैंले मिलाउनुपर्नेछ। कार्यक्रम अवधिका लागि बुक गरेको हिल्टन होटलमै बस्ने हो भने सहुलियत दरमा कोठा दिने सहमति भएको छ । तर त्यसका लागि अप्रिल १३ अगावै बुक गर्नुपर्नेछ । अप्रिल १३ पछि बुक गर्नेलाइ होटलले अाफ्नै रेटमा मात्र कोठा बिक्री गर्नेछ ।

५) मे महिना ड्यालसमा निकै न्यायो हुने महिना हो । यो महिनामा औसत उच्चतम तापक्रम ८५ डिग्री फरेनहाइट र न्यूनतम तापक्रम ६५ डिग्री हुन्छ । यो समयमा सुक्खा हुनुका साथै हावाहुरी समेत चल्छ । यो मौसममा पानी पर्ने, झण्डै १४ घण्टासम्म घाम लाग्छ । तसर्थ साथीहरुले गह्रौँ कपडाहरु नल्याउँदा यात्रा हलुका र सहज हुनेछ ।

६) ड्यालसमा घुम्न योग्य र बाहिरबाट आउनुहुने साथीहरुका लागि नयाँ लाग्ने थुप्रै स्थलहरु छन् । अमेरिकन एअरलाइन्सको म्युजिम, एअरपोर्टको फाउण्डर्स प्लाजा, फोर्टवर्थ वाटर गार्डेन, डलर प्रिन्टिङ प्रेस, रि–युनियन टावर, लेक ग्रेपभाइन, एटीएण्डटी स्टेडियम छोटो समयमा अवलोकन गर्न सकिने स्थानहरु हुन् ।

७) सहभागी हुने साथीहरुको सहजताका लागि रजिष्ट्रेसन शुल्क पहिलेनै पेपल मार्फत तिर्न सकिने व्यबस्था गरिएको छ । जसले गर्दा कार्यक्रमस्थलमा सहजतामात्र नभै पहिलेनै तयारी गर्न सजिलो हुनेछ। त्यसका साथै सहभागीहरुलाई समेत कार्यक्रमस्थलमा नगद नहुँदा विगतमा जस्तो समस्या पर्नेछैन। हामी तपाइहरू सबैलाइ ड्यालसको न्यानो मैासममा न्यानो स्वागतका लागि तयारी अवस्थामा रहनेछैाँ ।

साथीहरूले भरसक मे ३, ४ र ५ तारिक हामीसँगै बिताउनुहुनेछ भन्ने अपेक्षा लिएका छैाँ। यी तीन दिनलाइ हामीले अतिनै रमाइलो, अविस्मरणीय बनाउने लक्ष्य लिएका छैाँ । कार्यक्रमको वृस्तृत तालिका तपाइहरू आफ्नो ठाउँबाट ड्यालस हिड्नु अघि इमेलमा प्राप्त हुनेछ ।

नेपालबाट पत्रकारिताकारिताका थुप्रै अग्रज पत्रकारहरू, महासंघका पदाधिकारी समेत आउनुहुने भएकाले उपलव्धिमुलक हुनेछ भन्ने अपेक्षा हामीले लिएका छैाँ ।

धन्यवाद ।

किरण महरठ्ठा

महासचिव