-NEAJA Official LOGO

नेपाल अमेरिका पत्रकार संघको १३ औं साधारणसभा मे ४ मा, तयारी पुरा

Hollywood Khabar May 02,2019 Comments

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १३ औं साधारणसभा मे ४, २०१९ शनिवारवाट टेक्ससको डलास शहरमा सुरु हुने भएको छ ।

साधारणसभाको अवसरलाई दुई चरणमा बाडिएको छ । साधारणसभाको उद्घाटन तथा बन्द सत्रको कार्यक्रमलाई एक चरण तथा अर्को चरण मिडिया शेसन र नेजा–एनआरएनए अमेरिका वहस कार्यक्रम रहेको छ। मे ४ को कार्यक्रम उद्घाटन र बन्द सत्रमा केन्द्रीत रहने छ भने मे ५ आइवारको कार्यक्रम नेजा–एनआरएनए अमेरिका बहस तथा मिडिया शेसनमा केन्द्रीत रहनेछ ।

नेपाल अमेरिका पत्रकार संघको कार्यसमिति वैठकले मे ४ र ५ मा डलासमा हुने १३ औं साधारणसभा गर्ने निर्णय गर्दै त्यसका लागि उपाध्यक्ष विकास राज न्यौपानेको संयोजकत्वमा मुल आयोजक समिति बनाएको थियो। सो मुल आयोजक समितिमा टेक्ससमा बस्ने कार्यसमितिमा रहेका सचिव सुरज भण्डारी सह–संयोजक तथा सदस्यहरुमा मध्य क्षेत्रका क्ष्ँेत्रीय संयोजक रामचन्द्र भट्ट र कार्यसमिति सदस्य शेर के.सी. सदस्य रहने गरी त्यसलाई पूर्णता दिइएको थियो। मुल आयोजक समितिले टेक्ससमा रहने पत्रकार संचारकर्मीहरुको भेला गरी मुल आयोजक समितिलाई सघाउन विभिन्न उपसमितिहरु बनाएको थियो ।

साधारणसभामा अमेरिका तथा क्यानडामा रहनुहुने संघका सदस्य तथा अग्रज पत्रकारहरुको सहभागिता रहने र आउने क्रम सुरु भैसकेकोसंघका उपाध्यक्ष तथा मुल आयोजक समितिका संयोजक विकास राज न्यौपानेले जानकारी दिनुभएको छ ।

मे ४ का दिन दिउसो ५ बजे स्थानीय हिल्टन गार्डेन इन्टरनेशनल होटलको सभाहलमा साधारणसभाको उद्घाटन कार्यक्रम राखिएको छ। उद्घाटन कार्यक्रमको अवसरमा नेजा सामुदायिक पत्रकारिता पुरस्कार वितरण देखि नेजालाई विभिन्न क्ष्ँेत्रवाट सहयोग पु¥याउनुहुने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ। उद्घाटन कार्यक्रममा सदस्य तथा अग्रज पत्रकारहरु, नेपाल सरकार कुटनितिक निकायका अधिकारीहरु, गैरआवासीय नेपाली संघका विभिन्न तह र तप्काका पदाधिकारीहरु, सामुदायिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

साधारणसभाको उद्घाटन लगत्तैं बन्द सत्रको कार्यक्रम संचालन हुनेछ । अर्को दिन मे ५, आइतवार दिउसो ५ बजे देखि प्रवासमा नेपाली पत्रकारिताको विषयमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको नेजाका मध्य क्षेत्रका क्ष्ँेत्रीय संयोजक रामचन्द्र भट्टले बताउनुभएको छ। अन्तरक्रियामा विभिन्न विषयमाथि रहेर किशोर नेपाल, गिरिश पोखरेल, राजेश मिश्र, विजय घिमिरेले आफ्नो धारणा राख्नुहुने क्ष्ँेत्रीय संयोजक भट्टले जानकारी दिनुभयो ।

नेपाली समुदायसगैं रहेर अघि बढिरहेको नेजाले आफ्नो साधारणसभा तथा अधिवेशन अमेरिकाको विभिन्न राज्यका शहरहरुमा गर्दै आइरहेको छ। १२ औं साधारणसभा तथा छैठौं अधिवेशन वासिङटन राज्यको शियाटलमा सम्पन्न गरेको नेजाले १३ औं साधारणसभाका लागि टेक्ससको डलास शहरलाई रोजेको हो। यसैबीच, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेजा अध्यक्ष्ँ सुदीप पन्तले सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रेस स्वतन्त्रतासगैं जिम्मेवार पत्रकारिता गर्न पनि उहाले आग्रह गर्नुभएको छ ।

सुरज भण्डारी

सचिव

नेपाल अमेरिका पत्रकार संघ (नेजा)

मे ३, २०१९