NJSS USA Official Seal/LOGO

नेकपाका कार्यकर्ताले काँग्रेसका रामविलास महतोलाई गोली हानी हत्या गरेको घटना प्रति भर्त्सना

Hollywood Khabar October 29,2018 Comments

सर्लाही निर्वाचन क्षेत्र नं ४ को रामनगर गाउँपालिकामा नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले नेपाली काँग्रेसका योद्धा रामविलास महतोलाई मुख र पेटमा गोली हानी हत्या गरेको घटना प्रति नेपाली जनसम्पर्क समिति अमेरिका घोर निन्दा र भर्त्सना गर्दछ। यस दु:खद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

साथै यो सांघातिक आक्रमणमा परी दुवै खुट्टा भाँचेर गम्भीर घाईते भएका वडा अध्यक्ष रामनरेश महतो लगायत सबै घईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै, हत्यामा संलग्न अपराधीहरुलाई कडा भन्दा कडा कारबाही गर्न नेपाली जनसम्पर्क समिति अमेरिका सरकारसँग जोडदार माग गर्दछ ।

लोकतान्त्रिक राज्य व्यवस्थामा आचकल अलग विचारलाई बन्दुकले पटक पटक मार्न थालेपछि हाम्रो संगठनले घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिएको छ। यही अवस्था रहेमा प्रकारान्तरमा बन्दुक सामु लोकतन्त्र निरिह हुनेछन् ।त्यसेले यस्ता अपराधिक क्रूरता, बर्बर एवं अमानवीय हत्याको, घटनाको, प्रवृतिको सर्वत्र, सबैले बिरोध गरौं ।

धन्यवाद, जय नेपाल !

मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसंपर्क समिति अमेरिका