नेकपा सचिवालयको बैठक बालुवाटारमा

0
shares

by Soni Sharma | Updated: 21 Jul 2019

68 views
नेकपा अध्यक्ष द्वय प्रचण्ड र ओली

५ साउन,काठमाडौं।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक सुरु भएको छ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो।बैठकमा विभागहरु गठन,केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ।

अरु विभागको भने भागवण्डा भइसके पनि नेकपामा स्कुल विभाग कसले लिने भन्ने विवाद छ। तत्कालीन एमालेको तर्फबाट ईश्वर पोखरेलको नाम अगाडि सारिएको छ भने तत्कालीन माओवादीबाट नारायणकाजी श्रेष्ठ प्रकाशको नाम अघि सारिएको छ।

भागवण्डा भइसकेको विभागमा पनि दुबै समूहले व्यक्ति तोक्न बाँकी छ।संगठन विभागमा भने वामदेव गौतम,अन्तर्राष्ट्रिय विभागमा माधवकुमार नेपाल र नीति अध्ययन प्रतिष्ठानमा झलनाथ खनाल प्रमुख हुने स्रोतले जनाएको छ।