नेकपाले ललितपुर जिल्ला कमिटी र महानगर कमिटीको टुगों लगायो

0
shares

by Soni Sharma | Updated: 21 Jul 2019

75 views
-तस्बिर वेब

५ साउन,काठमाडौ।नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले जिल्ला कमिटी र महानगर कमिटीको टुगों लगाएको छ।आइतबार बालुवाटारमा बसेको सचिवालयको बैठकले ७७ जिल्लाको इन्चार्ज र सहइन्चार्ज तथा ६ महानगर इन्चार्ज र सहइन्चार्ज टुगों लगाएको हो।केन्द्रीय समितिको कार्यविभाजन र अन्य बाँकी रहेका एकता प्रकृयाको विषयमा मंगलवार बस्ने सचिवालयको बैठकले टुगों लगाउने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

७७ जिल्ला र ६ महानगर गरी जम्मा ८३ मा तत्कालीन एकालेको भागमा ४५ र माओवादी केन्द्रको भागमा ३८ पाएको छ।ललितपुरको जिल्ला इन्चार्जमा हरि दाहाल, सहइन्चार्जमा प्रमेश हमाल र ललितपुर महानगरको इन्चार्जमा सुशिला नेपालले जिम्मेवारी पाएका छन्।