Krishna KC

NRNA:एनसीसी अमेरिका तातो न भुत्लो दुइबर्ष सम्म जालझेलमै कुप्र्यो

Hollywood Khabar December 21,2018 Comments

कृष्ण के सी/अमेरिका

मेरो सानो कदको छोटो दिमागमा तुच्छ बचनका शब्द अभावमले गर्दा १२/१५ महिना देखि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) बारे लेख्न छोडेको हुँ।

हुन त लेखेकै भरमा आफ्नो गल्ति र भरिएको पापको घडा छोप्नको लागि संघको मेरो आजीवन सदस्यता नै खारेज गर्छु भनेर लेख्ने काम नभएको होइन। तिनै खारेजीका जाहेरीवालाहरु पनि ऐले कुनै दुलोमा म्याउँ गर्दै होलान।

मेरो बाला पनमा छिमेकीको घरमा पुरुषोत्तम पूराणमा पुरेत बाजेले मान्छे र भ्यागुत्ताको तुलाना गर्दै एउटा कथा भनेथे। त्यो कथा मलाइ आज याद आयो। सर्पले पुच्छरतिरबाट निल्दै घाँटीमा पुग्दा पनि अगाडीबाट उडेको झिंगा खान आँ गर्छ रे मर्नेवाला भ्यागुत्ता। अनि मान्छे पनि मर्न लागेको हुन्छ अझै खाने आश गर्छ।

उनीहरुको त्यो अबैधानिक कदमप्रति चर्को रुपमा सर्बत्र बिरोध भएको थियो। नेपाल अमेरिका पत्रकार संघले त प्रेस बक्तब्य नै प्रेसित गरेको थियो। अमेरिकाका सयौं व्यक्ति, दर्जनौ संघ-संस्था, गैरआवासीय नेपाली संघका थुप्रै देशका अभियन्ताहरुले अचम्म मान्दै बिरोध गरेका थिए।

भलै सामान्य माग पुरा गरेर एउटा टास्कफोर्समा सदस्य थप्दा सबैजना मिलेर जान सकिन्छ भन्ने विश्वास पनि छैन उनीहरुमा। संझौतामा हस्ताक्षर गरेर पनि बान्ता फिर्ता गरेर चाट्ने एनसीसी अमेरिकाको नेतृत्वप्रति लेख्नु पर्ने कुनै शब्द नै छैन। म शब्दमा धेरै गरीव भएछु मसंग तेती तल पुगेर लेख्ने शब्द छैन। होइन उसो भए सम्मान र समर्थन अनि प्रसंसा गर्नको लागि पनि प्रयास गरेको हुँ। कन्स्टिपेशन निक्लेर मेरो मेच गन्दा होला तर पनि एक वाक्य खुल्दैन कठै बिचरा। कति गरिव नेतृत्व रहेछन यो बेलामा भन्दै निधार पिट्नु बाहेक केहि पनि पाउने होइन।

यसै कारण ऐले आएर अमेरिकामा बस्ने नेपालीहरुमा यो संघप्रति बितृष्णा पैदा भएको छ। टेक्सस बाहेक कतै पनि यो संघको कुरा उठ्दैन। कसैले अनुनय बिनय गरे पनि कोहि पनि सदस्य बन्न मान्दैनन। उनीहरुलाई हेर्दा लाग्छ यो संस्थामा प्रवेश गर्नु भनेको छोइछिटो र आंच बार्नु बराबर हो। तर पनि आफ्नै घरको गरुड पुराणमा रमाउनेहरु जस्तै रमिते भएका छन् एनसीसी अमेरिकाको नेतृत्ववर्ग। अब त यो २०१९ चुनाबको वर्ष लागेकाले पिण्ड र सतबिज खान पनि तम्सेका छन मरेर जितेका मृतात्माहरु।

सेप्टेम्बर १७, २०११ मा न्यूयोर्कमा आफ्नो पहिलो साधारण सभा गरेको यो गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाको जानकारी आम रुपमा भने २०१३-२०१५ कार्यकालमा मात्र भयो। गुमेका र हराएका इतिहास बटुलेर वेबसाइटमा राख्ने काम २०१३-२०१५ को कार्यकालमा भएको हो। नागरिकताको निरन्तरता, दोहोरो ट्याक्सको लागि सन्धि जास्ता बिषयमा ठूलो अध्ययन अनि योगदान केवल त्यो बेलामा मात्र भएको हो। संसारममा सबैभन्दा धेरै सदस्य भएको एनसीसी पनि त्यो समयमा नै भयो। ३०० बाट ३००० अनि ३००० बाट १३००० सदस्य हुने समय पनि त्यही नै थियो।

त्यसैगरी काठमाण्डौमा भएको २०१४ को एनआरएन डे मा पहिलो पटक एनसीसीले आफ्नो दरिलो प्रस्तुति गर्न सफल भयो। एक वर्षको छोटो अबधिमा दुइ-दुइ चुनाब र तीन अधिवेशन समेत गर्न सफल भएको अबधि त्यो नै थियो। संचारमा जिरो पहुँचबाट दैनिक जसो गतिबिधिहरु पब्लिक हुने, संचारकर्मी, पत्रकार र आम रुपमा प्रचार-प्रसार, वेबसाइटमा सूचना र जानकारी अपडेट, सदस्यहरुको जानकारी, बोर्डको नेतृत्वको इतिहास अपडेट, आर्थिक रिपोर्ट सार्वजनिक, संस्थाको संचारमा ब्यापकता, अनलाइनमा मात्र सदस्य बन्ने नीति र प्रबिधि समेत सोहि समयमा पहिलो पटक भएको हो।

सबै भन्दा महत्वपूर्ण कुरा क्षेत्रीय संयोजक (आरसी), क्षेत्रीय उपसंयोजक (डिआरसी) र एनसीसी टोली एकै रुपमा संघको बिकासका लागि लागेको बेला पनि त्यही समय थियो। यसर्थ २०१३-२०१५ को कार्यकाल एनसीसी अमेरिकाको गोल्डेन पिरियड थियो भन्दा कसैको कानबाट पिप र नाकबाट सिंगान नचुहियोस।

अनि आयो २०१५-२०१७ को विपत्ति र बेमेलको कार्यकाल। यो कार्यकाल झगडामा नै बित्यो। २०१७-२०१९ को कार्यकाललाइ त कालरात्री नै भन्न सकिन्छ। यो समयमा फट्याईमा नै समय बित्ने भयो। एउटा कुरा भने प्रष्ट छ, नेतृत्वले बाउसर बोकेर, हेल्मेट लगाउंदै हिड्ने कार्यकाल पनि यो २०१५-२०१७ नै हो।

अवश्य पनि मैले काठमाण्डौको २०१७ को बिश्व सम्मेलनमा एनसीसी अमेरिकाको लज्जास्पद रुपमा ब्यबस्थापन भयो भनेर लेखेको हो। मेरो डेलिगेट्स कार्ड प्रिन्ट गरेर पनि नियतबस लुकाइयो। मलाइ दिइएन, त्यसैले पहिलो दिनको सम्मेलनमा म बिना डेलिगेट्स प्रवेश कार्ड, मेरो आफ्नो प्रेस आइडी देखाएर संचारकर्मीको रुपमा प्रवेश गरेको हो। अनि मैले तेही कुरा लेखेको थिए। हो; त्यही कुरा लेखेबापत यो पंक्तिकारको आजीवन सदस्यता नै खारेज गर्ने पत्र आएको हो। खराब म आफूमा थियो या नेतृत्वमा त्यो कुरा भने अरुले नै बोलुन।

सदस्यहरु हार्ड-ड्राइभबाट बनाइयो, चुनाब पनि जितेको घोषणा निर्वाचन टोलीबाट होइन कोहि अर्कै नेपालीको फेसबुकबाट गराइयो। यस्ता थुप्रै कुराहरु प्रमाण सहित लेखेको हो, बिधि-बिधान मिचियो प्रमाण सहित लेखेको हो, एनसीसी अमेरिकाको १५ हजार सदस्यमा संघको काठमाण्डौबाट प्रदान गरिएको सदस्यता कार्डमा कतिजनाको फोटो आयो त्यो प्रमाण मागेको हो, १५ हजार सदस्य भएको एनसीसीमा ऐले ५०० सदस्य नबनेको अवस्थामा रुँदै कोकाइएको देखेर फेरि यो पटक लेख्नु परेको हो। यो सबै कुरा हुँदा-हुँदै पनि चुप बस्ने वर्तमान टिमका सदस्यहरुलाइ अब भने छानेर मात्र दुनियाँले हेरुन त्यो नै मेरो अनुरोध हो।

गडबड गरेर संघको निर्वाचनलाइ खेल्ने व्यक्तिलाई फेरि पनि निर्वाचन प्रमुखमा प्रस्ताब गर्नु कुन औचित्य र नैतिकता हो ? चड्कन खाने डरले भाडाका गुण्डा लिएर काठमाण्डौको बिज्ञ सम्मेलन र बिधान सभामाहलमा प्रवेस गरेको कुरा छुपेको छैन। गरेको काम एउटा पनि छैन, भएको इज्जत र सूचना दाउमा कौडा हानेको छ। बाकीँ त के नै छ र अब ? संघ र संबद्ध गरी ६ वटा मुद्धा त अदालतमा छन्। आरसी एकातिर, डिआरसी अर्का तिर, एनसीसी अर्को तिर, सदस्यहरु बिचल्लीमा छन्। अझै पनि साँपको मुखको भयागुत्तो जस्तै भैसक्यो एनसीसी अमेरिकाको नेतृत्व खान भने आँ गर्दैछन बिचराहरु। यसर्थ संघको एनसीसी अमेरिकाको २०१७-२०१९ को कार्यकालाई तातो न भुत्लो दुइ बर्षभरी जालझेलमै थुप्र्यो भनेको हो।

संघको काठमाण्डौबाट प्रदान गरिएको सदस्यता कार्ड बाँडेर त सकेन भने थप सदस्य बढाउने, अमेरिकन नेपालीहरुको हित र भलाइका काम गर्ने, नेपाल र नेपालीका राम्रा काम गर्ने र प्रसंसा पाउने कुरा त ताइ-ताइ फिस होला। अब एउटा चित्रगुप्त पनि आवश्यक भएको छ खजाञ्ची गर्न।

कृष्णार्पण !