NRNA बिधान २०१५ सार्वजनिक NCC अध्यक्षलाई योग्यताकोबार

Hollywood Khabar February 16,2017 Comments

कृष्ण के सी

गत २०१५ मा सम्पन्न गैर आवासीय नेपाली संघ (NRNA) को बिशव सम्मेलन/अधिबेशनबाट पारित बिधान गत जनवरी २३, २०१७ मा नेपाल सरकार परराष्ट्रमन्त्रालयबाट पास भए पछि सो बिधान पूर्ण रुपमा लागु भएको छ।

२०१३ को बिधानमा धेरै परिमार्जन गरिएको यो बिधानले धेरै पदहरु समेत सृजना गेरको छ। उपाध्यक्ष, सचिव र क्षेत्रीय रुपमा महिला र युवा संयोजक/उपसंयोजक जस्ता पदहरु थपिएका छन्। यसका साथै १० भन्दा धेरै NCC भएको क्षेत्रमा थप क्षेत्रीय उपसंयोजकको ब्यबस्था समेत गरिएको छ।

तेसैगरी एकभन्दा धेरै आइसीसी सदस्य भएका NCC हरुमा उनीहरुमध्ये एकजना आइसीसी सदस्यलाई NCC सँगकार्य गर्नको लागि बिशेष जिम्मेवारी दिने ब्यबस्था समेत गरिएको छ।

बिधानले आइसीसी अध्यक्ष हुनको लागि पनि बिशेष योग्यता तोकेको छ। तेसैगरी NCC  र NCC बाट ICC सदस्यमा निर्वाचित हुने सदस्यहरुको लागि पनि कम्तिमा एक कार्यकाल NCC वा ICC मा काम गरेको हुनुपर्ने ब्यबस्था गरेको छ।

हरेक NCC ले ICC को बिधानसँग नबाझिने गरि बिधान बनाउने र यदी बाझिएमा ICC को बिधान लागु हुनेकुरा उल्लेख छ। NCC हरुलाई संस्थाको बिधानमुताबिक नचलेको अवस्थामा बिघटन गर्ने, सम्बन्धन फिर्ता लिने जस्ता कुराहरु समेत उल्लेख छन। हरेक पंजीकृत सदस्यहरुले संस्थाको बिधान मुताबिक चल्नु पर्ने अन्यथा सदस्यबाट निलम्बन गर्ने ब्यबस्था छ। 

यस बाहेक राष्ट्रिय समन्वय परिषदको अधिबेशन र निर्वाचन निर्देशिका २०१३ अनुसार हरेक देशकको NCC निर्वाचनमा ICC ले एकजना प्रतिनिधि पठाउने छ। प्रतिनिधिले अधिबेशन र निर्वाचन बिधि-बिधान मुताबिक भए-नभएको रिपोर्ट तोकिएको फर्मका आधरमा दिनेछन। सो रिपोर्ट र सो बिषयमा सम्बन्धित क्षेत्रका क्षेत्रीय संयोजकको रिपोर्टसमेतको आधारमा ICC ले सम्बन्धित देशको NCC लाई मान्यता दिने/नदिने निर्णय गर्नेछ। 

ICC सदस्य हुन बिधानले दिएको योग्यता :

NCC अध्यक्षका लागि तोकिएको योग्यता:

NCC ले मापदण्ड पुरा नगरेमा हुने परिणाम:

मन्त्रालयको पत्रको प्रति: