Nepali Community Center-SFO, Election 2018

सान फ्रान्सिस्मा नेपाली कम्यूनिटी सेन्टर सँस्थाको निर्वाचिन गर्न पहिलो पटक समिति

Hollywood Khabar October 07,2018 Comments

कृष्ण के सी/अमेरिका
बिगत एक दशक देखि नेपाली समुदायको लागि सामाजिक र सांस्कृतिक गतिबिधिको लागि एउटा सामुदायिक भवन बनाउने भनेर अभियान चलाएको हो। तर त्यो अभियानले ऐले सम्म सफलता पाएको भने छैन। तर पनि अभियन्ताहरु लागि पर्न भने छाडेका छैनन। यसै क्रममा दुइ-दुइ पटक महाँपूराण समेत आयोजना गरियो। तर पनि भवन नबनेको कुरा भने सत्य हो।

सोहि काम सम्पन्न गर्न बनाइएको भनिएको नेपाली कन्यूनिटी सेन्टर नामको सँस्थाको पहिलो पटक निर्वाचन गर्ने भनेर सूचना आएको छ। सो समितिमा को को सदस्य छन्, कति जना साधारण सदस्य छन्, यो पटक नयाँ सदस्यता खोलिने हो या होइन, मापदण्ड के के हुन् भन्ने जस्ता कुराहरु अनुत्तरित छन्।

तर पनि नेपलिज एशोसियशन अफ नर्दन क्यालिफोर्निया (NANC) नामको पुरानो संस्थाले सामुदायिक भवन बनाउन अभियान चलाएको भने पक्का हो। बिचमा नेपाली कमुनिटी सेन्टर (NCC) र NANC कसले नेतृत्व गर्ने भन्ने विवाद त छँदै थियो। अब कुरा उठ्छ खासमा NCC को निर्माणको कानुनी हैसियत कसको हो? यस्ता थुप्रै प्रश्नहरु अनुत्तरति छन्। यसै बीच NANC अध्यक्ष रविन्द्र राइबाट NCC निर्वाचनको बिज्ञप्ति आयो। बिज्ञप्तिमा सो निर्वाचन कमिटि कसले बनायो, बैठकका हिस्सेदार को को हुन् तेस्तो जवाफ छैन।

एउटा सामाजिक मान्यता के पनि हो भने एउटा सामाजिक संस्थाको अध्यक्षले अर्को सामाजिक संस्थाको निर्वाचन गराउने निम्मेवारी लिनु-दिनु सहि होइन। यति मात्र होइन, निर्वाचन समितिका सदस्यहरु यज्ञ नेपाल बाहेक अरु सबै अन्य संस्थाका मुख्य जिम्मेवार व्यक्तिहरु छन्। त्यसमा पनि एकजना त नेपाली जनसम्पर्क समिति अमेरिकाका निर्वाचित बरिष्ठ उपाध्यक्ष अनि अर्का एक जना जनजाति महासंघ अमेरिका, क्यालिफोर्नियाका च्याप्टर अध्यक्ष जस्ता व्यक्ति छन्। उनीहरुबाट काम सम्पन्न हुँदैन, निष्पक्ष हुँदैन भन्ने कुरा होइन। यस्तो अन्य सँस्थाको मुख्य पद धारण गर्ने व्यक्तिले अर्को सामाजिक संस्थाको निर्वाचन गराउने जिम्मेवारी लिन-दिन सहि हुँदैन भन्ने हो। यो कुनै नकारात्मक टिप्पणी होइन एउटा मान्यताको प्रश्न हो।

NANC का अध्यक्ष रविन्द्र राइबाट आएको बिज्ञप्ति:
नेपाली कम्मुनिटी सेन्टरको निर्बाचन समितीको संयोजकको कार्यभार अनुसार मलाई कार्य सम्पन्न गर्न छिटो, छरितो र सरल हुनेगरी निम्न ५ सदस्य निर्बाचन समिती गठन पुर्ण भएको अनुरोधका साथ सुचित गर्दछु।
संयोजक : रबिन्द्र राई
सदस्य: यज्ञ नेपाल, अटर्नी एट ल
सदस्य: धनन्जय नर सिंह के सी
सदस्य: देव किरात राई
सदस्य: श्रीमती सुस्मिता सिजापती

एनसिसि नियमवाली र निर्देशिका २०१६ लाई आधार मानी निर्वाचन सम्पन्न गरिने र निर्वाचन आचारसंहिता तयार हुँदै गरेको अनुरोध गर्दछु।

यदी कुनै बिषय संसोधन गर्न पर्ने भएमा र अस्पस्ट भएमा बहुमत सामुहिक निर्णय लाई नियमवाली र निर्देशिका २०१६ मा थप तथा संसोधन गरी यस निर्वाचन समिती निर्वाचन गर्नेछ।
 

धन्यबाद
रबिन्द्र राई
संयोजन, निर्वाचन समिती