नेपाली कांग्रेसका सबै तहका उम्मेदवारहरुलाई हार्दिक शुभकामना-बिष्ट

Hollywood Khabar May 10,2017 Comments

मातृभूमि नेपालमा यही बैशाख ३१ गते पहिलो चरणको स्थानीय निकायको निर्वाचन हुँदैछ। मुलुक संघीय संरचनामा गैसके पछि पहिलोपटक हुन लागेको यो निर्वाचनको महत्व मुलुकको स्थायित्व र दीर्घकालीन विकाससंग जोडिएको छ। करीब दुई दशकसम्म स्थानीय निकाय निर्वाचित जनप्रतिनिधि विहीन अवस्थाबाट गुज्रिरहेको छ। शासनको प्रत्याभूति नागरिकस्तरसम्म दिलाउन स्थानीय निकाय नै एकमात्र आधार हो। दुई दशक पछिको नयाँ परिवेशमा आसन्न निर्वाचन हुँदैछ। निर्वाचनमा प्रत्यासी बन्नु भएका मातृपार्टी नेपाली कांग्रेसका सबै तहका उम्मेदवारहरुलाई हामी हार्दिक शुभकामना व्यक्त गर्दछौं।
मुलुकमा हरेक कालखण्डमा भएको परिवर्तनमा नेपाली कांग्रेसले नै नेतृत्व गरेको छ। हामी सबै जानकार नै छौं, हाम्रो इतिहास साक्षी छ २००७, २०३६, २०४२, २०४६, २०६२-६३ र २०७०-७१ यी सबै समयमा भएको आन्दोलन र परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेको छ। नेपालको राजनीतिमा मात्र होइन,कांग्रेसको यो नेतृत्वदायी भूमिकाको विश्व समुदायले समेत सह्राहना गरेको छ। 

लोकतन्त्रका नैसर्गिक अधिकारको प्रत्याभूति,विकास,मौलिक हक,अधिकारको पूर्ण ग्यारेन्टीका लागि कांग्रेसको अडानलाई विश्व समुदायले उच्च सम्मान गरेको छ। महामानव वीपी कोइरालाले प्रतिपादन गर्नु भएको सिद्धान्त र उहाँको उँचो राजनीतिक व्यक्तित्व नेपाली कांग्रेसका लागि गौरवपूर्ण छ। यस अर्थमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको र कांग्रेसले आफ्नै नेतृत्वमा वर्तमान संविधान सभामार्फत संविधान समेत बनाई सकेको अवस्थामा अब यसको कार्यान्वयनको जिम्मेवारी पनि प्रमूख रुपमा कांग्रेसको नै हो। कांग्रेस जति जिम्मेवार र जनता एवं राष्ट्रप्रति जिम्मेवार अन्य कुनै दल छैन। जसले संविधान बनाउने नेतृत्व गरेको छ,कार्यान्वयन गर्ने प्रमूख दायित्व पनि उसैको हुन्छ। यस अर्थमा संविधान कार्यान्वयनको पहिलो खुट्किलो नै हो आसन्न स्थानीय निकायको निर्वाचन। यो निर्वाचनमा कांग्रेसले जितेमा संविधान कार्यान्वयन कार्य सहज रुपमा अघि बढ्नेछ।
स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरी देशका सबै जातजाति,भाषाभाषी,सम्प्रदाय,वर्ग,समुदाय सबैलाई एकै मालामा उन्ने धागो हो कांग्रेस। हिमाल, पहाड, तराई सबैलाई जोड्ने सेतु हो कांग्रेस। सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस। तसर्थ हामी मतदानमा आ आफ्नो अधिकार प्रयोग गर्न उत्साहपूर्वक प्रतीक्षा गरिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाई,दिदीबहिनी,आफ्ना आफन्त र शुभेच्छुक सबैलाई आ आफ्नो तहबाट नेपाली कांग्रेसका उम्मेदवारहरुको पक्षमा मतदान गर्ने वातावरण निर्माण गर्न र संविधान कार्यान्वयन एवं देश विकास,सम्मृद्धि र  स्थायित्वका लागि नेपाली कांग्रेसलाई स्थानीय निकायमा पूर्ण बहुमत दिलाउन सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।
हामी प्रवासमा छौं,यद्यपि हाम्रो सम्पूर्ण ध्यान र चासो भने नेपाल र नेपाली कांग्रेसमै रहेको छ। हामी नेपाली कांग्रेसका सबै तहका उम्मेदवारहरुलाई अत्यधिक बहुमतका साथ निर्वाचित गराई दिनु हुन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा यसै अपीलका साथ अनुरोध गर्दछौं। कांग्रेसकै नेतृत्वमा शान्ति र संविधान,कांग्रेसकै नेतृत्वमा सम्मृद्धिको अभियान भन्ने कांग्रेसको नारालाई सफल बनाउन हामी सम्पूर्ण मतदाताहरुमा अनुरोध गर्दछौं।
कांग्रेसको जितमा मात्रै संविधान कार्यान्वयन, मुलुकको सम्मृद्धि र लोकतान्त्रिक गणतन्त्रको भविश्य सुरक्षित रहन्छ। तसर्थ सबै जुटेर कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउनु हुनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ।
सम्पूर्ण कांग्रेस उम्मेदवारहरुलाई हार्दिक शुभकामना !
आनन्द विष्ट
सभापति

नेपाली जनसम्पर्क समिति,अमेरिका एवं परिवार