-गैरआवासीय नेपाली संघ एनसीसी अमेरिकाको साधारण सभामा

NRNA:गैरआवासीय नेपाली संघ एनसीसी अमेरिकाको साधारण सभामा उपस्थितिको लागी अनुरोध।

Hollywood Khabar June 05,2019 Comments

कृष्ण के सी/अमेरिका/६/६/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाले आफ्नो ८ औं साधारण सभामा उपस्थित हुनको लागि सूचना जारि गरेको छ।

एनआरएनए एनसीसीको इमेलबाट प्राप्त जानकारी अनुसार सम्पूरण सदस्यहरुलाई जुलाई ६-७, २०१९ मा हुने ८ औं साधारण सभामा उपस्थित हुन अनुरोध गरिएको छ।

एनआरएनए एनसीसी पठाएको सूचना र अनुरोध पत्र यहाँ पोष्ट गरिएको छ:

आदरणिय सदस्यज्यूहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका

नमस्कार!!!

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको आठौँ साधारण सभा तथा नवनिर्वाचित कार्यसमितिको सपथग्रहण कार्यक्रम यही आउँदो जुलाई महिनाको ६ र ७ तारिखमा संयुक्त राज्य अमेरिकाको सिकागो शहरमा हुन गैरहेको सार्वजनिक सुचना हामीले यस अघि नै प्रेषित गरिसकेका छौं।

साधारण सभा संस्थाको सर्बोच्च निकाय हो। साधारण सभाले नै संस्थाको आगामी दिशा निर्देश गर्ने गर्दछ। बिगतको कमिकमजोरीबाट पाठ सिक्दै संस्थालाई मजबुत र दिगो संस्थागत बिकास तर्फ मुखरित गर्न आउदै गरेको साधारण सभाले ठुलो भूमिका निर्वाह गर्ने कुरामा हामी बिश्वस्त छौं।

यसकालागी तपाईंको उपस्थितिले ठुलो अर्थ राख्दछ। आफुलाई चित्त नबुझेका कुराहरु सामाजिक संजाल र कफिगफमा राखेर कुनै नतिजा आउने वाला छैन। तपाईको अवाज सुन्ने र सुनाउने उपयुक्त स्थान भनेको साधारण सभा नै हो।

तसर्थ; आउदै गरेको साधारण सभामा सक्रिय सहभागिताको लागि हामी यहाँहरु समक्ष हार्दिक अनुरोध गर्दछौ।

साधारण सभाको लागि दर्ता शुल्क: १०० डलर

दर्ताकोलागी यो लिंकमा क्लिक गर्नुहोला: PayPal.me/NRNNCCOFUSA

होटेल बुकिङ्गको लागि यो लिंकमा क्लिक गर्नुहोला:

https://www.marriott.com/event-reservations/reservation-link.mi?id=1556226354093&key=GRP&app=resvlink&fbclid=IwAR12QolaaKbPEnQOEK1kjbavp7fXkHdcqLComWjq2dqxAWT-sju83H2DaaU

भवदीय,

बाबु राम (बिआर) लामा

महा-सचिव

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, अमेरिका