-नेपाली कांग्रेस बागमती गाउँपालिका ३ वडाको भवन शिलान्यास र पत्रकार तथा कलाकार सम्मान कार्यक्रम

नेपाली कांग्रेस बागमती गाउँपालिका ३ वडाको भवन शिलान्यास र पत्रकार तथा कलाकार सम्मान कार्यक्रम

Hollywood Khabar February 19,2021 Comments

हलिउडखबर, ललितपुर, फेब्रवरी १९, २०२१

शुक्रबार परेको ७१ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस बागमती गाउँपालिका तथा वडा नं ३ भट्टेडाँडा, ललितपुरमा वडा इकाई समितिको नयाँ भवन शिलान्यास गरिएको छ। कांग्रेस ललितपुरका सभापति एबम पूर्व सभासद मदन बहादुर अमात्यले दुईतले पक्की विपी स्मृति भवनको शिलान्यास गरेका हुन्। उक्त अवसरमा बागमती गाउँ पालिकाभित्र जन्मिएर पत्रकारिता र कलाकारिताको माध्यमबाट समाज रुपान्तरणमा सघाउ पुर्याउने १० जना पत्रकार र १० जना कलाकारहरुलाई विशेष समान समेत गरिएको छ।

सम्मानित हुनेहरुमा सन्तोष दाहाल, नवराज संजेल, अशोक दुलाल, दिपेन्द्र चौलागाईं, सरोज दाहाल, सविन शर्मा, प्रकाश थिङ, सागर न्यौपाने, नवराज कार्की, सुदर्शन घिमिरे, माधव प्रसाद घिमिरेलाइ सम्मान गरिएको थियो।

त्यसैगरी कलाकारहरुमा वर्षा सिलवाल, सम्झना खड्का, सुन्तली खड्का, सुवास महत, दिपक बजगाईं कैलाश, केशव बजगाईं, सरोज लामा, प्रकाश सापकोटा, संजय लामा, संगीता लामा, मेनुका सञ्जेल, रञ्‍जित सञ्जेल लगायत रहेका थिए।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति एबम पूर्व सांसद मदनबहादुर अमात्यले वागमती गाँउपालिकामाका कलाकार र पत्रकारलाई सम्मान गरेर आयोजकले उदारणीय काम गरेको भन्दै प्रशंशा गरेका थिए। उनले आगामी दिनहरुमा नेपाली कांग्रेसलाई राष्ट्रको अग्रणी पार्टी बनाउनका लागि सबैले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नमा समेत नेता अमात्यले जोड दिएका छन्।

कार्यक्रममा बोल्दै वडाध्यक्ष समेत रहेका नेपाली कांग्रेस बाग्मतीका सभापति विष्णुप्रसाद तिमल्सिनाले वागमती गाँउपालिका जस्तो विकट क्षेत्रमा हुर्केर पत्रकारिता तथा कला क्षेत्रलाई योगदान दिनुका साथै गाँउपालिकाको शिर उँचो बनाएकहरुको सम्मान स्वरुप कार्यक्रम आयोजना गरिएको बताए। कलकार र पत्रकार गाँउपालिकाका गहना भएको उनको भनाई थियो।