Dr Chhabi Panthi

राष्ट्रीयता, प्रजातन्त्र र समाजवादको माउते कांग्रेस नियाल्दा:डा पन्थी

Hollywood Khabar December 08,2017 Comments

डा.छवि पन्थी
नेपाली काङ्ग्रेस बर्तमान अबस्थामा आइपुग्न निम्न लिखित नेता जिम्मेवार छन्
१. गिरिजाप्रसाद कोइराला
२.कृष्णप्रसाद सिटौला
३.शेरबहादुर देउवा
४.शसांक कोईराला
१-गिरिजा प्रसाद कोईराला नै किन त ?
सामान्यतया नेपाली काङ्ग्रेस भनेको एक मध्यम बर्गीय नेपालीहरुलाई प्रतिनिधित्व गर्ने पार्टी हो, धर्म, संस्कृति, भेषभुषा संरक्षण गर्ने पार्टी थियो तर गिरिजा प्रसादले काङ्ग्रेसलाई के बाट के बनाए, कहाँबाट कहाँ पुर्याए ? प्रथम राष्ट्रपतिको लोभमा राज-तन्त्रात्मक हिन्दुरास्ट्रबाट पार्टीको बिधानलाई उल्टाएर गणतन्त्र र धर्म निरिपेक्षको तमसुक बनाए , यसबाट हिन्दु धर्ममाथि आस्था राख्ने सम्पूर्ण नेपालीहरुको आस्था नेपाली काङ्ग्रेसबाट खुस्कियो । डलरको दारु र भारुको उन्मादमा नेबार, बाहुन र क्षेत्रीहरुलाई काङ्ग्रेसले टिक्न दिएन । काङ्ग्रेस आफ्नो एजेण्डामा चलेन वा काँग्रेस विचारहीन शुन्यतामा पुगेर माओवादीको एजेण्डामा चल्न पुग्यो ।देशभर कम्युनिस्टको एजेण्डा स्थापित भएपछि अहिलेको ताजा मत परिणाम आउनु स्वभाविक छ, हो र स्वीकार गर्नु पर्छ ।
२. कृष्ण प्रसाद सिटौला किन त ?
धर्म निरिपेक्ष नेपाल बनाउन प्रचण्डलाई त्यती हतारो थिएन होला जति सिटौलालाई थियो , राजा हटाउन यति जोडबल गरे कि नयाँ राजा उनी नै हुँदै छन् । गिरिजाबाबुको प्रिय पात्र भन्दै गिरिजा बाबुलाई बहकाउने र काङ्ग्रेसको नीति, नियम र परिधी परिवर्तन गराउन लागि पर्ने यिनै सिटौला हुन् । सच्चा काङ्ग्रेसीले सिटौलालाई अहिलेको अबस्थामा कहिले माफ गर्ने सक्ने छैनन् । फलस्वरूप अहिले उनी तिनै राजाको समर्थन रहेको भन्ने गरिएको पार्टीको राजेन्द्र लिङ्ग्देलसँग हार्दै छ्न् । झापामा पनि अहिलेको चुनावमा प्रत्यक्षमा चुनाव नलडि समानुपातिकमै बसिरहेका भए सायद नतिजा झापा भरी अर्कै हुन्थ्यो होला तर उनले आफ्नो स्वार्थ पूर्तिकालागि पार्टीलाई हराए ।
३. पहिले असक्षम शेरबहादुर तर अहिले विचरा शेरबहादुर देउवा, किन उनी ?
शेरबहादुर देउवा यस्ता पात्र हुन् जसले सत्ताको लागि पार्टी देखि सडक सम्म बिद्रोह गरे, सत्ताकै लागि चारहजार निर्दोष कार्यकर्ताको निर्मम हत्या गरिदिएको पार्टी सँग सरकारमा हनिमुन मनाए, कोइराला बिरासतको समापन नभई कहिले अवसर पाइन भनेर रुँदै हिंड्ने त कहिले बिभिन्न काण्डहरु मच्चाउने गरे, तर जब उनी पार्टी सभापति भए उनले कोइराला नभए पार्टी चल्न नसक्ने प्रमाणित गरेर देखाइदिए । जब उनी सभापति भए परिवर्तन धेरै अघि पुगिसकेको थियो त्यसैले उनलाई सिटौला र गिरिजाप्रसाद जस्तो पार्टीको लाइन बिपरित गएको भन्न त मिल्दैन तर आफ्नो साझा सबालमा पोखिएको रिस, पत्नीप्रेमको कारण सधै पार्टीलाई युवापुस्ताको अगाडि अलोकप्रिय बनाए । यति मात्र नभई सिद्दिन लागेको माओवादीलाई स्थानीय चुनावमा तालमेल गराएर काङ्ग्रेस भन्दा मजबुत हुन सहयोग पुर्याए । वामपन्थी एकता पछि पनि कुनै ठोंस चुनावी रणनीति नबनाई अगि बढे, धेरै आफ्नाहरुलाई चिढाए । उनले कम्तिमा हिन्दुरास्ट्रको मुद्दा लिएर चुनाबमा गएको भए अहिले वामपन्थीहरुको साईज यो आकारमा आउने थिएन तर उनले त्यसो गरेनन् किनकि काङ्रेसीलाई आफ्नो सिद्धान्तमा होईन कम्युनिस्टहरुको एजेण्डामा चल्ने बानी परेको छ ।
४-शसांक कोईराला किन त ?
काँग्रेसको उत्तराधिकारी नेताको रुपमा चिनिने यी विपी पुत्रको ढुलमुले चरित्र, स्पस्ट अडानको कमि, जनभावना बुझेर पनि पार्टी भित्र स्पष्ट पैरवी गर्न नस्क्नुले जनतामा विश्वास गुम्न पुग्यो र हार्नेलाई भन्दा जित्नेलाई भोट दिन जनता अघि बढे ।
यसरी काँग्रेस अहिले ईतिहाँसकै अति गम्भीर मोडमा कल्पना नै नगरिएको कमजोर अबस्थामा पुगेको छ । विपी, गणेशमान र किसुनजीको नाम बेचेर अहिले पनि भोट माग्ने अबस्थामा काँग्रेस रहीरहनु हरेक काँग्रेसीको लागि पिडादायी अबश्य हुन्छ । हुनत यो पंक्तिकार किसुनजीको मृत्यु पछि नै काँग्रेसको अस्तित्व सकिएको निचोडमा पुगेको थियो तर पनि कहिँ कतै आशाका त्यान्द्राहरु जिवीतै थिए । निर्वाचन पछिको नयाँ बन्ने सरकारले लोकप्रियता हासील गर्नको लागि अति निर्मम र कठोर कदम चाली सदाको लागि उठ्न नसक्ने गरी काँग्रेसको घाँटी चुडाउँन सक्छ, अति कमजोर नैतिक धरातलमा उभिएका र सरकारी राज्यकोषको हिनामिना गरी पेट फुल्लाएकाहरुलाई अख्तियार लगाई चिसो छिंडीमा जाक्ने निश्चित छ । काँग्रेसले अब पुनर्जागरण द्वारा गुमेको साख फिर्ता गर्नेमा मलाई धेरै शंका छ ।
जय नेपाल ।