-नेपाली कांग्रेस

नेपाली कांग्रेसले आज देशभर चियापान कार्यक्रम गर्दै

Hollywood Khabar October 12,2019 Comments

२६,असोज,काठमाडौं।नेपाली कांग्रेसले आज देशभर चियापान कार्यक्रम गर्दैछ ।कांग्रेसले यस वर्षको दशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज देशैभर चियापान कार्यक्रम गर्न लागेको हो ।काँग्रेसले विसं २०३३ सालमा जननेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।कांग्रेसले पार्टी मुख्यालय बीपीनगर सानेपामा दिउँसो १ देखि साँझ ५ बजेसम्म शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखेको पार्टी प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले जानकारी दिए ।

उपत्यकामा पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखिएको छ । बाँकी ७६ वटै जिल्लामा पनि चियापान कार्यक्रम राखिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।उपत्यकामा हुने चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, नेपाल सरकारका मन्त्रिपरिषद् सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू, माननीय सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कुटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरूलाई आमन्त्रण गरिएको छ ।यस्तै, पेसागत एवं बुद्धिजीवीहरू, नागरिक समाजका अगुवाहरू, मानव अधिकारकर्मीहरू, विभिन्न सञ्चार माध्यमका प्रमुखहरू, पत्रकार, गैर–आवासीय नेपाली संघ–संस्थाका प्रमुखहरू लगायतका विशिष्ट महानुभावहरू, नेपाली कांग्रेसका सदस्यहरू एवं शुभेच्छुकहरूको सहभागिता रहने प्रवक्ता शर्माले जानकारी दिए ।