कृष्ण के सी/अमेरिका/९/१३/१९
नेपाली काँग्रेस पार्टीको केन्द्रिय समितिले विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि पहल गर्न जनसम्पर्क समितिहरुलाई निर्देशन गरेको छ। नेपाली काँग्रेस पार्टीका प्रवक्ता विश्व प्रकाश शर्माले हलिउडखबरसंगको कुराकानीमा सो निर्णयबारे जानकारी दिएका हुन्।
प्रवक्ता शर्माले नेपालको सम्मानित सर्बोच्च अदालतको फैसला अनुरुप विदेशमा बस्ने नेपालीहरुले नेपालको निर्वाचनमा मत दिन पाउने व्यबस्था गर्नको लागि पहल गर्न निर्यय गरेको छ। यसका लागि देश भित्र र विदेश स्थित जनसम्पर्क समितिहरुलाई निर्देशन दिने निर्णय भएको जानकारी प्रवक्ता शर्माले दिएका छन।
पार्टीको निर्णय अनुसार हरेक देशका जनसम्पर्क समितिहरुले नेपाली राजदूतावास अथवा कन्सुलर अफिसमा गएर ज्ञापन पत्र दिन सक्नेछन। यसका साथै सर्वोच्चको सो फैसलालाइ सबै नेपाली नागरिकहरु समक्ष जानकारी पुर्याउन समेत सहयोग गर्न सक्नेछन्। यो पनि नेपाली काँग्रेसले नेपाली जनताको लागि गर्दै आएको आन्दोलनको एउटा भाग नै हो, प्रवक्ता शर्माले भने।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...