-नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताब आलम

कांग्रेसका सांसद आलम पक्राउ परे

Hollywood Khabar October 12,2019 Comments

२६असोज,गौर।नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताब आलम पक्राउ परेका छन्।प्रहरीले आलमलाई २०६४ सालको संविधान सभा चुनावको बेला भएको बमकाण्डमा संलग्न भएको आरोपमा रौतहटको गौरबाट आइतबार  पक्राउ गरेको हो ।आलममाथि २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा जलाएर मारेको आरोप पनि लागेको प्रहरीले जनाएको छ

आलममाथि चुनावका बेलामा हाते बम बनाउने क्रममा पड्किएर ६ जनाको मृत्यु भएको थियो भने बाँचेका घाइते ५ जनालाई प्रमाण नष्ट गर्नका लागि भन्दै इट्टाभट्टामा ज्यूँदै जलाएर मारेको आरोप लागेको हो ।मारिएकामध्ये दुईजनाका परिवारले आलमविरुद्ध जाहेरी दिएको आधारमा प्रहरीले पक्राउ गरेको हो।रौतहट–२ बाट प्रत्यक्ष निर्वाचित सांसद आलम काँग्रेस केन्द्रीय सदस्यसमेत हुन् भने यसअघि श्रममन्त्रीसमेत भएका थिए।