तस्बिर वेब

नेविसंघद्वारा नियमविपरित विद्यार्थी भर्ना गर्ने कलेजविरुद्ध प्रदर्शन

Hollywood Khabar June 17,2019 Comments

३ असार काठमाण्डौं।विश्वविद्यालयमा राजनीतिक नियुक्तिको अन्त्य र नियमविपरित विद्यार्थी भर्ना गर्ने कलेजलाई कार्बाहीको माग राख्दै नेपाल विद्यार्थी संघले आन्दोलन गरेको छ।बानेश्वर स्थित यूनिग्लोबल कलेज अगाडि मंगलबार संघले विश्व विद्यालयको वेतिथीविरुद्ध आन्दोलन गरेको हो।पोखरा विश्व विद्यालय अन्तर्गतका ४२ कलेजले नियमविपरित विद्यार्थी भर्ना गरेकोले आन्दोलन गर्नुपरेको नेविसंघका नेता मनिष सिंखडाले बताए।

संघका अनुसार कक्षा ११ र १२ मा छुट्टाछुट्टै विषयमा ग्रेड‘सी’ सम्म ल्याउने विद्यार्थीलाई मात्र भर्ना गर्न पाउने नियमविपरित ४२ कलेजले ‘डी प्लस’ल्याउनेलाई भर्ना गरेको थियो।‘विश्व विद्यालयका यी सबै वेथितीका प्रमुख कारक तत्व दलीय भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुनु हो,’संघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले भने, ‘विश्व विद्यालयका पदाधिकारी राजनीतिक दलको कार्यकर्ता र कलेज वाला चन्दादाता भएकाले यो समस्या आएको हो।’आन्दोलनमा संघले विभिन्न व्यंग्यात्मक गीत गाउनुका साथैप्ले कार्डसहित प्रदर्शन गरेका थिए।दोषी कलेजलाई कारबाही नहुन्जेल आन्दोल जारी रहने नेता सिंखडाले बताए। ४२ वटै कलेज अगाडि प्रदर्शन गर्ने र अन्त्यमा पोखरा विश्व विद्यालयमा गएर आन्दोलन गर्ने सिंखडाले जानकारी दिए।