तस्बिर फेसबुकबाट

नेपाल बार एशोसिएसनको नवनिर्बाचित कार्यसमितिकाले औपचारिक रुपमा पदभार ग्रहण

Hollywood Khabar April 19,2019 Comments

७ वैशाख ,काठमाडौँ।कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको आगामी तीन बर्षे कार्यकालका लागि भएको निर्वाचन २५ औँ नयाँ कार्यसमितिको पदाधिकारीले हिजो औपचारिकरुपमा पदभार ग्रहण गरेका छन्।

बारको गत चैत १६ गते सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठसहित नवनिर्वाचित नयाँ कार्यसमितिलाई बार निर्वाचन समितिका निर्वाचत अधिकृत दामोदर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो।

बारका निर्वतमान अध्यक्ष शेरबहादुर केसीले वर्तमान पदाधिकारीलाई माइनोट हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो।नवनिर्वाचित अध्यक्ष श्रेष्ठले स्वतन्त्र, निष्पक्ष र कानूनी शासनका निम्ति बारले क्रियाशीलरुपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।नयाँ केन्द्रीय कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।