-नयाँ नोट

असोज १० देखि १७ गतेसम्म नयाँ नोट साटिने 

Hollywood Khabar September 21,2019 Comments

६ असोज, काठमाडौं ।नेपाल राष्ट्र बैंकले असोज १० देखि १७ गतेसम्म नयाँ नोट साटिने जनाएको छ।नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले काठमाडौंसँगै देशका विभिन्न स्थानबाट ५, १०, २०, ५० र १०० दरका नयाँ नोट  सटही गर्न लागिएको जनाएको छ ।उपत्यकाभित्र  राष्ट्र बैंक,नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि नयाँ नोट सटहीको सुविधा लिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।उपत्यका बाहिर भने आफ्ना कार्यालयबाट मात्रै नयाँ नोट सटही गर्न पाइनेछ।