-सांसद

नयाँ मर्यादाक्रम -सांसद माथि,पूर्वमन्त्री तल 

Hollywood Khabar March 13,2019 Comments

३० फागुन, काठमाडौं।सरकारले मर्यादाक्रममा संशोधन गरि पूर्वमन्त्रीलाइ वर्तमान सांसद भन्दा तल झारेको छ ।सरकारले गत पुस २६ गते  सार्वजनिक गरेको मर्यादाक्रममा प्रतिनिधि सभाका सदस्य र राष्ट्रियसभाका सदस्यहरु पूवमन्त्रीहरु भन्दा तल राखिएपनि त्यसलाई संशोधन गरेर सांसदहरुलाई मर्यादाक्रममा माथि राखेको हो।यसअघि मर्यादाक्रमको सातौं नम्बरमा रहेका पूर्वमन्त्रीहरु नवौं नम्बरमापुगेका छन् भने  सांसदहरुसातौँ नम्बरमा पुगेका छन् ।सरकारले पूर्वमन्त्रीहरुलाई पनि मर्यादाक्रमको त्यस्तै उच्च अदालतका मुख्य न्यायाधीशलाइ ११औं स्थानबाट   नवौं नम्बरमा राखेको छ ।

संशोधित मर्यादाक्रमअनुसार नवौं नम्बरमा नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेश सरकारका मन्त्री, प्रदेश सरकारका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका बिभिन्न समितिका सभापति, काठमाडौं महानगरपालिकाका प्रमुख, संविधानसभाका सदस्य, पूर्व सांसद, नेपाल सरकारका मुख्य सचिव र प्रधानसेनापति रहनेछन् ।