-नवनियुक्त मन्त्रीहरूले शपथ लिए

नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति र प्रधानमन्त्रीबाट शपथ लिए

Hollywood Khabar November 19,2019 Comments

५ मंसिर, काठमाडौं ।नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति र प्रधानमन्त्रीबाट पद  तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार बिहान  एक समारोहका बीच नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन्  भने ३ राज्य मन्त्रीहरूलाई  प्रधानमन्त्रीले शपथ गराएका हुन्।नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने संवैधानिक व्यवस्था अनुसार  त्यसको भोलिपल्ट शपथ गराइएकाे हाे ।शपथसँगै नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयको काम गर्न बाटो खुलेको छ ।शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित भएका थिए

।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाइ कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ भने भानुभक्त ढकाल स्वास्थ्यमन्त्री बनेका छन् ।तेस्तै प्रधानमन्त्री ओलीले पूर्व एमालेको कोटाबाट मन्त्री भएका भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, राज्यमन्त्री धनबहादुर बुढा बर्खास्तीमा परेका छन्।
 
यस्तै पूर्व माओवादीको कोटाबाट मन्त्रि भएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरी पनि बर्खास्तीमा परेका छन् ।नवनियुक्त मन्त्रीहरुमा नेकपाबाट बसन्त नेम्वाङलाइ भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, घनश्याम भुसाललाइ  कृषिमन्त्री,  हृदयेश त्रिपाठीलाइ  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र पार्वत गुरुङ  महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् ।तेस्तै लेखराज भट्ट उद्योगमन्त्री  र रामेश्वर राय यादव श्रम मन्त्रि बनेका छन् ।तेस्तैगारी माेती दुगड उद्योग राज्यमन्त्री, नवराज राउतलाइ  स्वास्थ्य  राज्यमन्त्री र रामवीर मानन्धर लाई सहरी विकासको जिम्मेवारी दिइएको छ ।

तेस्तै उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको मन्त्रीपद खोसिएको छैन ।तेस्तै वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमिव्यवस्थामन्त्री पद्मा अर्याल, सहरी विकासमन्त्री मो. इस्तियाक राइ यादव, खानेपानीमन्त्री विना मगर र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको मन्त्रीपद पनि जोगिएको छ ।