साङ्केतिक तस्बिर:साभार वेब

नवलपरासीमा ट्याक्टर दुर्घटना,४ को मृत्यु

Hollywood Khabar February 10,2020 Comments

२९ माघ नवलपरासी।पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ छरछरेमा मंगलबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ।ट्याक्टरमा १६ जना सवार रहेकोमा ४ जना शकुसल रहेको र बाँकी ८ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी बुलिङ्गटार गाउँपालिका ३ निवासी २२ वर्षीय नरबहादुर सुस्लिङ्ग,बुलिङ्गटार ३ निवासी ५९ वर्षीय यमान सिंङ सुस्लिङ, बुलिङ्गटार ३ निवासी ४० वर्षीय पूर्णबहादुर थापा, २५ वर्षीय लिलाबहादुर सारुको मृत्यु भएको हो।

दुर्घटनामा परी ४ जनाको अवस्था गम्भीर छ।प्रहरीका अनुसार ट्याक्टर चालक तथा ट्याक्टर धनी बुलिङ्गटार ३ निवासी बलबहादुर झेडी मगरको अवस्था गम्भीर छ। उनको टाउको र खुट्टामा चोट लागेको छ।त्यसैगरी ४० वर्षीय छालबहादुर सारु मगर, २९ वर्षीय विमलराज सुस्लिङ्ग मगर,११ वर्षीय सन्दिप सारु मगरको अवस्था गम्भीर  छ।

लु ४ त २५५६ नम्बरको ट्याक्टर छरछरेबाट बुलिङटार जाने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो।दुर्घटनामा परी घाइतेहरुको पुराना मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।मृतक दुई जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र बुलिङ्गटारमा  छ भने दुई जनाको पुरानो मेडिकल कलेज चितवनमा  छ।ट्याक्टर कच्ची सडकमा अचानक अनियन्त्रित भई सकडबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।