-प्रधानमन्त्री केपी शर्मा ओली

पुनर्गठित मन्त्रिपरिषद् :९ थपिए ,८ मन्त्री बर्खास्त-सूचीसहित 

Hollywood Khabar November 19,2019 Comments

५ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री बर्खास्त गर्दै ९ मन्त्रि थपेर मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।प्रधानमन्त्री ओलीले  बुधबार साँझ ६ मन्त्री र दुई राज्यमन्त्रीलाई बर्खास्त गरि ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त भएका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाइ कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ भने भानुभक्त ढकाल स्वास्थ्यमन्त्री बनेका छन् ।तेस्तै प्रधानमन्त्री ओलीले पूर्व एमालेको कोटाबाट मन्त्री भएका भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, राज्यमन्त्री धनबहादुर बुढा बर्खास्तीमा परेका छन्।

यस्तै पूर्व माओवादीको कोटाबाट मन्त्रि भएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरी पनि बर्खास्तीमा परेका छन् ।नवनियुक्त मन्त्रीहरुमा नेकपाबाट बसन्त नेम्वाङलाइ भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, घनश्याम भुसाललाइ  कृषिमन्त्री,  हृदयेश त्रिपाठीलाइ  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र पार्वत गुरुङ  महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् ।तेस्तै लेखराज भट्ट उद्योगमन्त्री  र रामेश्वर राय यादव श्रम मन्त्रि बनेका छन् ।तेस्तैगारी माेती दुग डद्योग राज्यमन्त्री, नवराज राउतलाइ  स्वास्थ्य  राज्यमन्त्री र रामवीर मानन्धर लाई सहरी विकासको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्रिहरुको बिहीबार विहान सपथग्रहण हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए  ।तेस्तै उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको मन्त्रीपद खोसिएको छैन ।तेस्तै वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमिव्यवस्थामन्त्री पद्मा अर्याल, सहरी विकासमन्त्री मो. इस्तियाक राइ यादव, खानेपानीमन्त्री विना मगर र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको मन्त्रीपद पनि जोगिएको छ ।